१६ चैत्र २०८०, शुक्रबार

विराटनगरमा सिङ्गिङ आइडलको अडिसन शुरु

संवाददाता

विराटनगर । विराटनगरमा मंसिर २९ गते देखि हुने विराट एक्पोको सिङ्गिङ आइलड प्रतियोगिताका लागि अडिसन सुरू भएको छ । सिङ्गिङ आइडल प्रतियोगिताकालागि बिहीबार देखि अडिसन सुरू भएको हो ।
सिङ्ंगिङ आइडल प्रतियोगिताकालागि सहभागिहरू छनोटको काम आयोजक उद्योग संगठनको हलमा शुरु भएको हो । एक सय ५० प्रतिस्पर्धीबाट ३० जना प्रतियोगिताका लागि छनौट गरिने इभेन्ट कोअर्डिनेटर करण देवले बताए । ३० जना मध्येबाट ग्राण्ड फिनालेमा ५ जना पुग्ने देवले बताए ।, उनले अडिसनबाट छानिएका प्रतियोगि मध्ये प्रथम द्वितिय र तृतीय हुनेलाई नगद पुरस्कारको पनि व्यवस्था गरिएको बताए । प्रदेश १ का लुकेका प्रतिभाहरूलाई प्रस्फुटित गराउन उपयुक्त प्लेटफर्म उपलब्ध गराउने, गायन क्षेत्रका प्रतिभाको खोजी गरी त्यस्ता प्रतिभालाई राष्ट्रिय स्तरमा परिचित गाउने उद्देश्यले प्रतियोगिता आयो जना गर्न लागिएको आयोजक उद्योग संगठन मोरङले जनाएको छ । आइडलको ग्राण्ड फिनाले एक्स्पोको अन्तिम दिन हुने र निर्णायक गायिका इन्दिरा जोशी विराटनगर आउने जनाइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्