१३ बैशाख २०८१, बिहिबार

कलाकार शम्भुराज थापा ‘बखते’को निधन

संवाददाता

शम्भुराज थापा 'बखते'

काठमाडौँ । कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । कोरोना संक्रमणका कारण तीन साता पहिले उपचारका लागि पाटन अस्पताल भर्ना भएका ५५ वर्षीय थापाको शनिबार बिहान निधन भएको कलाकार सन्देश लामिछानेले जानकारी दिए ।  तीन दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय थापाले थुप्रै टेलिसिरियल र चलचित्रमा अभिनय गरेका थिए । उनले पछिल्लो समय मेरी बास्सै, भद्रगोल, गोलमाल, हल्का रमाईलो लगायतका टेलिसिरियलमा अभियन गर्दै आएका थिए । उनी हल्का रमाइलो टेलिसिरियलमा ‘बखते’ नामबाट दर्शकमाझ चर्चित थिए । यस्तै उनले राजेश हमाल, गौरी मल्ल लगायतको अभिनय रहेको ‘आफ्नो विरानो’ चलचित्र समेत निर्माण गरेका थिए । थापाको शनिबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कलाकार लामिछानेले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्