१३ बैशाख २०८१, बिहिबार

विराट एक्स्पो आजदेखि शुरु हुँदै: राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने

संवाददाता

विराटनगर । विराटनगरमा मंसिर २९ गतेदेखि पुस ६ गते सम्म सञ्चालन हुने विराट एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको छ । एस्पोको विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।
विराटनगरमा आयोजना हुने विराट एक्पो विगतमाभन्दा फरक र भव्य हुने आयोजक समितिको दाबी छ । एक्स्पोका संयोजक भोलेश्वर दुलालले विगतको भन्दा फरक तरिकाले एक्स्पोको आयोजना गर्न लागिएको जानकारी दिए । उनले नयाँ प्रविधिको प्रयोग गरेर एक्स्पो आयोजना गर्न लागिएको बताए । प्रविधिँगै एक्स्पोमा रोबटसँग भेटघाट, भिआरबाट पर्यटकीय क्षेत्रको अवलोकन गराउने, माउण्टेन फ्लाइट, कृषि, पर्यटन प्रदर्शन र प्रवद्र्धन हुने बताए ।
उद्योग, व्यवसाय, कृषि, पर्यटनलगायतका क्षेत्रमा काम गर्न चाहनेहरूका लागि एक्स्पो उपयोगी हुने उनले बताए । विभिन्न क्षेत्रका ४ सय ७५ प्रवद्र्धकहरू सहभागी हुने भएकाले नयाँ उद्यम गर्न चाहनेहरूका लागि एक्स्पो अत्यन्तै उपयोगी हुने दुलालले बताए । उनले एक्स्पोको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए । एक्स्पोको अवलोकनका लागि ३ लाख बढी अवलोकनकर्ताहरू आउने आयोजक समितिले जनाएको छ ।
एक्स्पोको अर्को आकर्षण फालिएका प्लाष्टिक तथा प्लाष्टिकजन्य सामग्रीहरुको पुनः प्रयोग गर्नुपर्दछ भन्ने सचेतना अभिवृद्धि गर्ने उद्देश्यले राखिएको छ । त्यसका लागि प्लाष्टिकजन्य प्याकेजिङ सामग्री उत्पादन गर्ने उद्योगहरुको संस्थासँगको सहकार्यमा रिडियुस्, रियुज र रिसाइकल थिममा फेसन शो हुनेछ । मोडलहरुले त्यस्ता सामग्रीहरुबाट फेबिक्रेट गरिएका कपडाहरु लगाउने छन् ।
त्यसैगरी, प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ । उद्घाटनको दिन बिहीबार स्वपना सुमन ब्याण्डको प्रस्तुती रहेसँगै क्रमसमा गायक दीपक बज्राचार्य, मिस्टर डि ¥यापर, गायिका अस्मिता अधिकारी, चि मुसी चि (¥यापर तथा मुभी प्रिमियर) र ¥यापर हङ र गायिका इन्दिरा जोशीको प्रस्तुती हुने आयोजकले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्