१४ बैशाख २०८१, शुक्रबार

माइती नेपालको सीमा लक्षित अभियान : विराटनगरका सवारी चालक र सहचालकसँग अन्तरक्रिया

संवाददाता

विराटनगर । विराटनगरमा रहेको माइती नेपालले सवारी चालक तथा सह चालकसँग अन्तरक्रिया गरेको छ। सीमा क्षेत्रमा हुने मानव ओसारपसार तथा बेचविखन न्युनिकरणको लागि सार्बजनिक यातायात लक्षित अभियान संचालन गरेको हो । शुक्रबार एक कार्यक्रमको आयोजना गरि माइती नेपालले विराटनगर वोर्डर क्षेत्रमा सार्वजनिक सवारी साधान सिटी सफारी चालक, ओटो चालक र भ्यान चालकहरुसँग अन्तरक्रिया गरेको हो । महिला, किशोरी तथा बालबालिकाको सीमा वारपार तथा बेचबिखन हुन सक्ने अबस्थालाई मध्यनजर राख्दै मानव वेचविखन तथा ओसारपसार विरुद्धको अभियानलाई तिब्र बनाईएको माइती नेपालका कार्यक्रम संयोजक विनोद पोखरेलले जानकारी दिए । कार्यक्रममा सवारी चालकहरुको उत्साहपुर्ण सहभागीता रहेको थियो । माइती नेपालको सिमा अभियान अन्तरर्गतको कार्यक्रम अनुसार चालक तथा सहचालकसँगको अन्तरक्रियाले मानव बेचबिखन रोक्न टेवा पुग्ने पोखरेले बताए ।

 

यहाँ कमेन्ट गर्नुहोस्