१४ बैशाख २०८१, शुक्रबार

प्रदेश सरकार स्थायी संरचना : जग्गा प्राप्तिका लागि गठित समितिले बुझायो प्रतिवेदन

संवाददाता

विराटनगर । प्रदेश नं. १ राजधानीका लागि प्रशासनिक संरचनाहरू बनाउन जग्गा व्यवस्थापनका लागि गठित समितिले प्रतिबेदन बुझाएको छ। समितिका संयोजक आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले मुख्यमन्त्री राजेन्द्रकुमार राई समक्ष प्रतिवेदन बुझाएका हुन् ।
गत वर्षको माघ १६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नं. १ राजधानीका लागि प्रशासनिक संरचनाहरू बनाउन जग्गा व्यवस्थापनकालागि आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले यस अवधीमा सार्वजनिक सूचना प्रकाशित गरी आवश्यक जग्गाको माग गरेको थियो । सोअनुरुप विभिन्न स्थानबाट जग्गा दिने प्रतिवद्धता प्राप्त भएको कार्यदलका संयोजक एवं आन्तरिक मामिला तथा कानून मन्त्री कार्कीले बताए ।
मन्त्री कार्कीको संयोजकत्वमा गठित कार्यदलमा विराटनगर, कटहरी, ग्रामथान, बूूढीगंगा, दुहवी, इटहरी र सुन्दरहरैंचाका प्रमुखहरू सदस्य रहेका थिए । त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शासकीय सुधार तथा समन्वय महाशाखाका सचिव उक्त कार्यदलको सदस्य सचिव थिए ।

यहाँ कमेन्ट गर्नुहोस्