०७ बैशाख २०८१, शुक्रबार

प्रदेश १ : प्रदेश सभा सदस्यको सपथ पुस ११ गते हुने

संवाददाता

विराटनगर । प्रदेश १ सभाका नव निर्वाचित सदस्यहरुकोलागि आगामी पुस ११ गते सपथ हुने भएको छ। प्रदेश प्रमुखको कार्यालय प्रदेश १ को च.नं. १२१ मिति २०७९ पुस ५ गतेको पत्रले प्रदेश सभा सदस्यको लागि सपथ ग्रहरण गराउने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। नेपालको संविधानको धारा १८२ को उपधारा(५), प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७५ र प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५को दफा १९ बमोजिम प्रदेश १ को प्रदेश सभा सदस्य निर्वाचन २०७९ बाट निर्वाचित प्रदेश सभा सदस्यहरु मध्ये प्रदेश सभाको अध्यक्षता गर्ने जेष्ठ सदस्यहरुको रुपमा प्रदेश प्रमुखबाट सपथ ग्रहण गराउने र त्यसपछि जेष्ठ सदस्यले अन्य प्रदेश सभा सदस्यलाई सपथ गराउने कार्यक्रम तय भएको प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । पहिलो प्रदेश सभाको निर्वाचनब २०७४ मा ओम प्रकाश सराबगीले जेष्ठ सदस्यको रुपमा सपथ गराएका थिए । आगमी पुस ११ गते हुने सपथ ग्रहणमा प्रदेश सभाको सदस्यहरु मध्येबाट जेष्ठ सदस्यको हैँसियतले मोरङ क्षेत्र नम्बर ५ (१) का गयानन्द मण्डलले सपथ गराउने समेत प्रदेश सभा सचिवालयले जनाएको छ। जेष्ठ प्रदेश सभा सदस्य मण्डल बि.सं.२००० सालका हुन् उनी अहिले ७९ बर्षका भएको प्रदेश सभाका सचिव पराजुलीले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्