१३ बैशाख २०८१, बिहिबार

मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणका लागि सामुहिक अभियान चलाउनु पर्नेमा जोड

संवाददाता

विराटनगर । सिमा क्षेत्रमा हुने मानव बेच विखन तथा ओसार पसार तथा रोकथामका लागि सबै सरोकारवालाहरुले सामुहिक अभियान चलाउनु पर्ने बताएका छन् । विराटनगरमा माइती नेपालले आयोजना गरेको कार्यक्रममा सहभागीले समुदायको सहयोगमा मानव ओसारपसार तथा बेचविखन अभियान चलाउनु पर्ने बताएका हुन् ।
माइती नेपाल मोरङको सभाहलमा भएको कार्यक्रममा बिभिन्न सामाजिक संघ संस्था, नेपाल प्रहरी , सशस्त्र प्रहरी वल, कानुन ब्यवसायी तथा सरकारी अधिकारीहरुका बिचमा भएको अन्तरक्रियामा मानव बेचबिखन तथा ओसारपसारको लागि सामुहिक अभियान चलाउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा मानव वेचविखन, अहिले रहेको स्थितीे, प्रभावको बारेमा छलफल भएको थियो ।
माईती नेपालका कार्यक्रम संयोजक विनोद पोखरेलले सीमा क्षेत्रमा रहेका प्रहरी चौकी तथा सशस्त्र प्रहरी बोर्डर चेकपोष्टहरु टाढा टाढा हुँदा पनि मानव बेच बिखन तथा ओसार पसारका घटनाहरु रोकिन नसकेको बताए । मानवअधिकार संजालका अध्यक्ष डिक प्रसाद घिमिरेले मानव वेचविखन विरुद्ध नियन्त्रण कार्यमा सम्वन्धित सरकारी निकायहरु सक्रिय भएर लाग्नु पर्नेब ताए । सेक्स वर्करहरुपनिउत्तिकै खुलेर आएको हुदा पनि वेचविखन केहिहदसम्म भएपनिओझेलमा जस्तो देखिएको बताए ।
गैसस महासंघकी मोरङ की अध्यक्ष विष्णु शर्माले मानव वेचविखन रोकथामको कुरा गर्ने बितिकै माईती नेपालले गरेका कामहरुको सम्झना हुने भएकोले प्रभावकारी काम भएकोमा उनले प्रशंसा गरिन् । कार्यक्रममा बिभिन्न क्षेत्रका २६ जनाको सहभागीता रहेको माइती नेपालकी गिताञ्जली शर्माले बताईन् ।

यहाँ कमेन्ट गर्नुहोस्