१२ बैशाख २०८१, बुधबार

नेपाल जेसिसको राष्टिय अध्यक्षमा विराटनगरका श्यामसुन्दरको दाबी

संवाददाता

विराटनगर जेसिसका पुर्ब अध्यक्ष श्यामसुन्दर पौडल (मिलन)

विराटनगर । विराटनगर जेसिसका पुर्ब अध्यक्ष श्यामसुन्दर पौडल (मिलन) नेपाल जेसिसको राष्टिय अध्यक्षमा उठ्ने घोषणा गरेका छन् । बिराटनगर जेसिजले आफ्ना पुर्व अध्यक्ष श्यामसुन्दर पौडेललाई नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा उठाउने भएको हो । भदौँ ४ गते बिराटनगर जेसिजको सचिवालयमा भएको बर्ष २०२१ को दोश्रो साधारण सभाले पौडेललाइ सर्वसम्मत रुपमा राष्ट्रिय अध्यक्ष बनाउने निर्णय गरेको ििवराटनगर जेसिसले जनाएको छ।
पौडेललाई अध्यक्ष उठाउने निर्णयसँगै बिराटनगर जेसिजले अध्यक्ष जिताउ अभियान सुरु गर्ने भएको छ । जसकालागि हरिबहादुर श्रेष्ठको संयोजकत्वमा विशेष समिती निर्माण गरेको छ । जसमा पुर्वअध्यक्ष ठाकुरप्रसाद आचार्यको नेतृत्व रहने गरि मुख्य संयोजकत्वमा विभिन्न उपसमितीहरु निर्माण गरिएका छन ।
आफ्नो उम्मेदवारी साधारणसभाबाट पारित भए सगै अध्यक्ष पदका उम्मेदवार पौडेलले आफ्नो उम्मेदवारी १८ देखि ४० बर्षसम्मका युवाको हितमा हुने बताएका छन् । युवालाई उद्यमशिल बनाएरै छाड्ने आफ्नो अभियान रहेको छ उनले भने, जबसम्म युवा उद्यमी बन्न सक्दैन तब सम्म समाज परिवर्तन सम्भव छैन ।’ आफ्नो मुख्य उदेश्य नै युवालाई उद्यमशिल बनाएर देश विकासको महान अभियानमा सामेल गराउने रहेको र सोहिका लागि आफ्नो उम्मेद्वारी रहेको प्रस्ट पारे ।
को हुन पौडेल ?
पौडेल बिराटनगरको स्थानिय मोरङ सहकारी अस्पताल तथा कोशी हेल्थ कलेजको संचालकको रुपमा समेत अघि बढी रहेका युवा हुन । उनले जेसिज अभियानमा समर्पित हुँदै जेसिजका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभामा सहभागिता जनाएका छन । पौडेल उत्कृष्ट कार्यकारी राष्ट्रिय पदाधिकारी अवार्ड २०१९ , उत्कृष्ट राष्ट्रिय पदाधिकारी अवार्ड २०१८बाट समेत राष्ट्रिय स्तरमा पौडेल पुरस्कृत भै सकेका छन । उनी राष्ट्रिय पदाधिकारी छदा १५६ शाखाको भ्रमण गरि हरेक जेसिजका सदस्यसँग हातेमालो गर्दै अघि बढेका ब्यक्ति हुन् । बर्ष २०२१ मा राष्ट्रिय अध्यक्षको उम्मेदवारी दिएका पौडेलले सहमति र सहकार्यका लागि आफ्नो उम्मेदवारी अन्तिम समयमा फिर्ता लिएका थिए ।
विराटनगर जेसिजका अध्यक्ष प्रदिप दाहालले आफ्नो शाखाले राष्ट्रिय अध्यक्षको उम्मेदवार उठाएकाले शाखाका सबै पदाधिकारी सदस्य तथा पुर्व अध्यक्षहरुलाइ सोही अनुसार सक्रिय भएर लाग्न आग्रह गरे । २२ बर्षदेखिको राष्ट्रिय अध्यक्षको खडेरीलाई चिर्दै यस बर्ष अध्यक्षमा जिताएर नै छाड्ने उनको दाबी छ ।

यहाँ कमेन्ट गर्नुहोस्