०८ बैशाख २०८१, शनिबार

सामाजिक कार्य र शिक्षाशास्त्रका स्नातकतहका विद्यार्थीलाई अभिमुखिकरण

संवाददाता

विराटनगर । पूर्वाञ्चल विश्वविद्यायको आंगिक क्याम्पस जनता आदर्श बहुमुखी क्याम्पसले सामाजिक कार्य र शिक्षा शास्त्रका स्नातक तहका विद्यार्थीलाई अभिमुखिकरण गरेको छ ।
कला, कानून तथा शिक्षा शंकायका निवर्तमान डिन तथा सह–प्राध्यापक डा. कृष्ण प्रसाद पाण्डे, पूर्वाञ्चल विश्वविद्यालय योजना महाशाखा प्रमुखतथा सह–प्राध्यापक डा. कोमल दुलाल, क्याम्पस प्रमुख तथा निर्देशक महेशप्रसाद निरौला, निवर्तमानक्याम्पस प्रमुखतथा सह–प्राध्यापक डा. रमेशबाबु काफ्ले, उपप्राध्यापकहरू नित्यानन्दकुमार साह, पुकार चौधरी, शंकर दाहाल, मनोज मेहता, डा. नागेश्वर प्रसाद राजपुतलगायतले विद्यार्थीहरूलाई अभिमुखिकरण गरे ।
सामाजिककार्यको बी.एस.डब्ल्यु. र शिक्षा शास्त्रतर्फ बी.एड. अध्यापन गर्दै आएको जनता आदर्श बहुमुखी क्याम्पसले यो शैक्षिक सत्रदेखि सामाजिक कार्यको स्नातकोत्तर (एम.एस. डब्ल्यु.) र शिक्षा शास्त्रतर्फको स्नातकोत्तर (एम.एड.) तहको अध्यापन गर्दैछ ।
क्याम्पसले एम. एस. डब्ल्युको अध्यापन शुरू गरेसँगै सामाजिक कार्यको स्नातकोत्तर तहमा अध्ययन गर्न चाहने विद्यार्थीले संघीय राजधानी काडमाण्डौं जानुपर्ने अबस्थाको अन्त्य भएको छ । राजधानीबाहिर सामाजिक कार्यमा स्नातकोत्तर तहको अध्यापन पहिलो पटक पूर्वाञ्चल विश्वविद्यालयले शुरू गरेको हो ।
यसअघि सामाजिककार्यमा स्नातकोत्तर तहमा अध्यापन गर्न चाहने विद्यार्थीले काठमाण्डौं जानुपर्ने अबस्था थियो ।

यहाँ कमेन्ट गर्नुहोस्