१५ बैशाख २०८१, शनिबार

रानी नाकाबाट १३१ जनाको उद्दार

संवाददाता

विराटनगर । माइती नेपालले एक बर्षमा १३१ जनाको सीमा क्षेत्रबाट उद्दार भएको छ। विराटनगरमा पत्रकार सम्मेलन गर्दै माइती नेपालले सीमा क्षेत्रबाट १३१ जना वेचविखनको जोखिममा रहेका महिला तथा बालिकाको उद्दार गरेको जानकारी दिएको हो । उद्दार भएकाहरुमा जनवरीमा ७, फेब्रुअरीमा ११, मार्चमा ८, अप्रिलमा १३, मेइमा ११, जुनमा १६, जुलाईमा १२, अगष्टमा १५, सेप्टेम्बरमा १४, अक्टोवरमा ८ नेभेम्बरमा १० र डिसेम्बरमा ६ जना रहेका छन् । माइती नेपालका कार्यक्रम संयोजक विनोद पोखरेलले २०२२ जनवरी देखि डिसेम्बरसम्मको तथ्यांक सार्बजनिक गर्दै बेचविखनमा परेका एकजनाको उद्दार र एकजना एकजना विरुद्ध मुद्दा दायर भएको जानकारी दिए । माईती नेपालमा यो अबधिमा ४७ जना हराएको भन्दै उजुरी परेको उनले जानकारी दिए । हराएका मध्ये ११ जना भेटिएको संयोजक पोखरेलले बताए । माइती नेपालमा घरेलु हिंसाका १०४ घटनाहरु दर्ता हुन आएकोमा एउटा बलात्कारको घटना रहेको पोखरेलको भनाई छ । उद्दार भएकाहरुमा सबैभन्दा धेरै मोरङ जिल्लाका ३६ जना छन् । त्यस्तै सुनसरीका २१, झापाका १५, काठमाडौँ र ललितपुरका ९, धनकुटा, भोजपुर र ईलामका ५।५ जना छन् । उद्दार गरिएका मध्ये १४ जना विराटनगरका मात्र रहेको माइती नेपालले जनाएकोछ। तथ्यांक अनुसार १८ बर्ष भन्दा कम उमेरका ४२ जना र १८ बर्ष भन्दा माथिका ८९ जना रहेका छन् । सन् २०१० देखि २०२२ सम्ममा रानी नाकाबाट ११६९ जनाको उद्दार भएको तथा २६ बेचविखनमा परेकाहरुको उद्दार भएको पोखरेलले बताए ।
माइती नेपालले वोर्डरमा गरिएको रोकथामको कार्य, खोजतलाश, घरेलु हिंसाको विवरण बारे जानकारी गराएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्