०८ बैशाख २०८१, शनिबार

विराटनगरको राष्ट्रसेवक बचत तथा ऋण सहकारीले २५ औं बर्ष मनाउँदै, साधारणसभा विशेष गरिने

संवाददाता

विराटनगर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि. मोरङले शनिबार २४ औं बार्षिक साधारसभा मनाउँदै छ । सहकारी स्थापना भएको २५ बर्ष भएका कारण २५ औं बर्ष भव्यताकासाथ मनाउने सहकारीले तयारी गरेको हो । शुक्रबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि सहकारीले सहकारीले ईतिहास बोकेकोले २५ औं बर्ष भव्यताका साथ मनाउने तयारी गरेको सहकारीका अध्यक्ष जीवन काफ्लेले बताए । २०४८ सालमा भएको कर्मचारी आन्दोलनबाट शिक्षा लिदैं २७ बर्ष अगाडि नेपाल निजामति कर्मचारी संगठन मोरङले प्रारम्भ गरेको कल्याण कोष नै अहिले सहकारीको रुप प्राप्त गरेको हो । २०५५ सालमा कोषमा १६ लाख जम्मा भएपछि बैधानिकताकालागि २०५५ साल साउन ४ गते विधिवत रुपमा दर्ता भएर सहकारी संचालनमा आएको थियो ।
सहकारीको अवधारणा र सुरुवाती नै मोरङ जिल्लाबाट भएका कारण मोरङको सहकारीले केही नयाँ किसिमका गतिविधि गर्दै आएको र पछिल्लो दिनमा नी गर्दै जाने काफ्लेले बताए । अहिले ६८ जिल्लामा राष्ट्रसेवक सहकारीले कारोबार गरिरहेको जानकारी दिईएको छ। राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि. मोरङको कूल सम्पति दायित्व ३६ करोड ५७ लाख ७७ हजार ८ सय रुपैया ७६ पैसा रहेको छ । सहकारीको शेयर पुँजी ५ करोड ९२ लाख ४१ हजार २ सय रुपैया रहेको छ भने कोष हिसाब २ करोड ५९ लाख ९० हजार ४३१ रुपैया ७० पैसा रहेको छ ।
सहकारीको निक्षेप २६ करोड ३६ लाख ६७ हजार २९० रुपैया रहेको छ भने ऋण लगानी २६ करोड ९७ लाख २६ हजार ४७२ रुपैया रहेको छ । सहकारीले कूल कारोबार ५४ करोड ८९ लाख ५५ हजार ९९३ रुपैया ६७ पैसा रहेको छ ।
सहकारीले महिला शेयर सदस्य सुत्केरी शिशु पोषण खर्च वापत ५ हजार वितरण गर्दै आएको जनाएको छ । त्यसैगरी ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत ७५ बर्ष नाघेका सदस्यलाई सम्मान स्वरुप उपचार खर्च वापत जनही २ हजार उपलब्ध गराउने गरेको सहकारीले जनाएको छ । सहकारीले विभन्न अक्षयकोष सञ्चालन गरेर संस्थामा योगदान पुर्याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ । सहकारीमा १८ सय १० जना शेयर सदस्य रहेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्