०८ बैशाख २०८१, शनिबार

विराटनगर महानगर बालक्लब सञ्जालको अध्यक्षमा आदित्य विजयी

संवाददाता

विराटनगर । नगर बालक्लब सञ्जाल विराटनगर महानगरपालिकाको अध्यक्षमा आदित्य झा र्निाचित भएका छन् ।
शनिबार महानगरको सभाहल भएको आठौं नगर बाल भेलाले झालाई निर्वाचित गरेको हो । सर्वसम्मत नभएपछि अध्यक्षसहितको पदाधिकारीमा निर्वाचन गरिएको थियो । त्यस्तै सञ्जालको उपाध्यक्षमा दीक्षा आचार्य, सचिवमा अशोक खतिवडा, सहसचिवमा वेदिका घिमिरे र कोषाध्यक्ष कौशल न्यौपाने निर्वाचन भए । त्यस्तै श्रुति पुडासाई, दर्शन पौडेल, खुशीकुमारी गुप्ता, निकिसा कर्ण, चञ्चल मण्डल, निधी चौधरी, सुमन यादव सदस्यमा चयन भएका छन् । त्यस्तै अन्य सदस्यहरुमा काजल कामत, शिवम कर्ण, इन्द्र यादव, आस्था साह, तुसार गोइत, शमिम आलम, सुरजकुमार यादव, सुष्माकुमारी ठाकुर, रितेज विश्वकर्मा, कृष्टिना निरौला, विदिशा भट्टराई र आदर्श अधिकारी चयन भएको निर्वाचन समितिले जनाएको छ ।
सञ्जालको संरक्षकमा महानगरका मेयर नागेश कोइराला रहेका छन् । नवनिर्वाचित झाले विराटनगरलाई नेपालमै पहिलो बालमैत्री महानगर बनाउनेगरी काम गर्ने प्रतिबद्धता जनाए । भेलामा महानगरका १९ वटै वडाबाट बाल प्रतिनिधिहरु सहभागी भएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्