०१ आषाढ २०८२, आइतबार

मनमोहन प्राविधिक विश्वविद्यालय : कर्मचारी र प्राध्यापकको आन्दोलनमा विद्यार्थीको प्रतिरोध

संवाददाता

विराटनगर । नेपालको पहिलो प्राविधिक विश्वविद्यालयमा मनमोहन प्राविधिक विश्वविद्यालयलाई कर्मचारीले अस्तब्यस्त बनाउन थालेका छन् । आफ्नो स्वार्थ पुरा गर्न विद्यार्थीलाई परिचालित गर्न खोज्दा विद्यार्थीहरुले शिक्षक र प्राध्यापकका विरुद्ध आन्दोलन गरेका छन् । स्थायी र सेवासुबिधाको माग गर्दै आएका कर्मचारीले आफ्नो माग पुरा नहुने देखेपछि विद्यार्थीलाई प्रयोग गरेर आन्दोलनलाई उतेजित बनाउन खोजेपछि विद्यार्थीहरु शिक्षकका विरुद्ध सडकमा उत्रिएका थिए। बुधबार विहान विद्यार्थीहरुले पहिलो पटक विश्वबिद्यालय वाहिर पेन डाउन गरेर पढाउन नगएपछि शिक्षक र कर्मचारीका विरुद्ध आन्दोलन गरेका हुन् ।
मनमोहन प्राविधिक विश्वविद्यालयका शिक्षक, प्राध्यापक र कर्मचारीहरुले यसअघि विभिन्न समयमा आफ्ना मागहरु प्रस्तुत गरेर आन्दोलन गर्दै आएका थिए । उनीहरुले पुस ११ र १२ गते भिसी कार्यालयअघि धर्ना दिएका थिए भने बुधबारबाट शिक्षकहरुले ‘पेन डाउन’ सुरु गरेपछि विद्यार्थी आन्दोलित भएका थिए । पेनडाउन गरेर विद्यार्थी उक्साएका करारका प्राध्यापक तथा कर्मचारीले सोचेको भन्दा फरक रुपमा विद्यार्थी आन्दोलनमा उत्रिएपछि आन्दोलनरत शिक्षक र कर्मचारी त्रसित देखिन्थे ।
स्थायित्वको सुनिश्चितता लगायत विभिन्न माग कर्मचारी र प्राध्यापकहरुले अघि सारेका छन् । ‘मनमोहन पोलिटेक्निक’ लाई विश्वविद्यालय बनाउन आफूहरुको पनि महत्वपूर्ण योगदान रहेको भन्दै उनीहरुले यसलाई बेवास्ता नगर्न भन्दै आएका छन् । उनीहरुले सेवा आयोग मार्फत नगई सिधै स्थायी हुनु पर्ने लगायत माग गघि सारेका छन् ।
कम्तीमा आठ वर्षदेखि काम गर्दा पनि करार सेवाका शिक्षक, प्राध्यापकहरुको स्थायित्वको सुनिश्चितता हुन नसकेको प्राध्यापक संघकी अध्यक्ष सविता गौतमले बताईन् । कतिपयलाई १० देखि १२ वर्ष वर्षसम्म पनि अस्थायीका रुपमा राखिएको उनको भनाइ छ । माग पूरा गराउनका लागि पटक–पटक आग्रह गर्दा पनि विश्वविद्यालय प्रशासनले बेवास्ता गरेपछि आन्दोलनमा उत्रनु परेको कर्मचारी संघकी अध्यक्ष प्रकृति भट्टराईले बताइन् ।
विश्वविद्यालयले कर्मचारी बढुवाको बारेमा भने निर्णय गरिसकेको छ। कार्यालय सहयोगी र चालक सहित १४ जनाको बढुवा गरिएको छ। त्यस्तै तह ७ का २ जना र तह ९ मा २ जनाको बढुवाई भईसकेको विश्वविद्यालय प्रशासनले जनाएको छ। करारमा रहेका र बढुवा हुन बाँकी रहेका कर्मचारीहरुलाई छिट्टै बढुवाको तयारी गरिएको सेवा कर्मचारी प्रशासनले जनाएको छ। सेवा आयोग मार्फत छिट्टै नै स्थायी र बढुवाको सुचना प्रकाशित गर्ने तयारी भईरहेको बेला विश्वबिद्यालयलाई अस्तब्यस्त पार्न खोजिएको विश्वबिद्यालयले प्रशासनले जनाएको छ । ‘चौथो, पाँचौ र छैठौ तहको लागि छिट्टै स्थायीको लागि सुचना प्रकाशनको तयारी भईरहेको छ, विश्वविद्यालय श्रोतले भन्यो, कर्मचारीले सबैकुरा थाहा पाउँदा पाउँदै पनि पेन डाउन गरेर आन्दोलन गरेपछि विद्यार्थीले प्रतिकार गरेको पाईएको छ।’
६ महिनादेखि बिभिन्न समुहको नाममा प्राबिधिक विश्वविद्यालयलाई राजनीतिकरण गरेर आन्दोलन गरेका छन । मनमोहनमा आन्दोलन गर्ने प्राध्यापक तथा कर्मचारीहरु मध्ये कतिपय कर्मचारीको बाहिर कलेज र अस्पताल रहेको छ। उनीहरु पढाउन समेत नआउने आएपछि चाँडै निस्कने गरेको आरोप लाग्दै आएको छ।

यहाँ कमेन्ट गर्नुहोस्