०७ बैशाख २०८१, शुक्रबार

शेखर भन्छन्, ‘दलको नेता जो बनेपनि फरक पर्दैन’

संवाददाता

विराटनगर । प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसको संसदीय दलको नेता चयनकालागि आज मनोनयन दर्ता हुँदैछ । नेपाली कांग्रेसको प्रदेश १ कार्यालयमा हुने मनोनयन दर्ता गरेपछि त्यसको आधारमा कसरी कांग्रेस अघि बढ्ला भन्ने चर्चा भईरहँदा नेपाली कांग्रेसका नेता डा शेखर कोईरालाले संसदीय दलको नेतामा जो आएपनि फरक नपर्ने बताएका छन् । बिहिबार बिहान कोईराला निवासमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने कांग्रेसका सांसदहरुसँग बधाई तथा चियापान कार्यक्रमपछि कोईरालाले पत्रकारसँग कुरा गर्दै संसदीय दलको नेतामा जो आएपनि फरक नपर्ने बताएका हुन् ।
संसदीय दलको नेताको मनोनयन पनि आजै रहेको कारण प्रदेश सांसदहरुसँग भेटघाटको वातावरण मिलाएको बताएको भनिएपनि यसलाई कोईरालाले आफ्नो पक्षमा सांसद ल्याउन गरिएको प्रयासको रुपमा हेरिएको छ। तर कोईराला स्वयमले भने जो सुकै संसदीय दलको नेतामा आएपनि फरक नपर्ने भन्दै आएका छन् । ‘संसदीय दलको नेता चयनको कुरा सांसदहरुको भएकोले यसमा आफु सहभागी नहुने बताएका कोईरालाले निवासमै दलको नेताका आंकांक्षीलाई राखेर सर्बसहमतीको प्रयास गरेका छन् । यो नेपाली कांग्रेस भित्रको दलको चुनाव हो, उनले भने, जो जिते पनि कांग्रेस भित्र फरक पर्दैन खुसी नै हुन्छु ।’
डा कोईरालाले नेपाली कांग्रेसको कमीकमजोरीका कारण नेपाली कांग्रेसको सरकार ढलेको तथा प्रचण्डले गठबन्धन छाडेको बताएका छन् । हामीले हाम्रो कमी कमजोरीलाई स्वीकार गरेर जानु पर्छ,, कमी कमजोरी हाम्रो कांग्रेसको हो , उनले भने, प्रचण्डजीको आशक्तता पनि हो ।’ गठबन्धनलाई लामो समय लग्ने सोचका रहेकोमा त्यो टिक्न नसक्नुलाई कोईरालाले यसलाई कांग्रेसको दुर्भाग्य भनेका छन् । प्रचण्ड नेतृत्वको सरकारले राम्रो काम गर्नु पर्ने, आर्थिक सामाजिक, राजनीतिक हिसावले स्थिरता दिनु पर्नेमा जोड दिए । प्रदेश १ मा संसदीय दलको नेता बन्नका लागि कोईराला लाईनबाट केदार कार्की छन् । त्यस्तै देउवा लाईनबाट प्रदेश सभापति उद्धव थापा, केन्द्रीय सदस्य अमृत अर्याल र भिम पराजुलीले संसदीय दलको नेतामा दाबी गर्दै आएका छन् । यी मध्ये कांग्रेसमा प्रदेश सभापति भएकोले थापाको संभावना बलियोे रहेको भन्ने गरिएको छ । मिलनसार नेताको रुपमा थापालाई कांग्रेसीहरुले चिन्दै आएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्