१६ चैत्र २०८०, शुक्रबार

विराटनगरमा रामलाल जोशीको कृति ‘बाआमा’माथि विमर्श

संवाददाता

विराटनगर। मदन पुरस्कार विजेता रामलाल जोशीको नविनत कृति बाआमा माथि शुक्रबार विराटनगरमा विमर्श गरिएको छ ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले आयोजना गरेको कार्यक्रममा बाआमा कृतिमाथि विमर्श गरिएको हो । विराटनगर–११ पिचरास्थित ज्येष्ठ नागरिक सामुदायिक भवनमा आयोजित कार्यक्रममा समालोचक भूषण ढुंगेलले समीक्षा गरेका थिए । कृति नेपाली साहित्यको उत्कृष्ट कृति भएको उनले दाबी गरे । हरेक बाआमा र छोराछोरी पढ्ने पर्ने कृति भएको समेत समालोचक ढुंगेलले चर्चा गरे । त्यस्तै साहित्यकार सीमा आभास, लक्ष्मी पोखरेल, पूजा आराधना र रमेश सायनले पाठकीय दृष्टिकोण राखेका थिए ।
कृतिकार जोशीले मदन पुरस्कार प्राप्त गर्ने ऐनादेखि बाआमा कृतिसम्म आइपुग्दा पाठकबाट पाएको मायाले आफू उत्साहित भएको बताईन् । सानैमा पिता गुमाएका कारण आफ्नो बाल्यकाल दुखद र संघर्षमा बितेको स्मरण सुनाईन । उनले यसअघिका ऐना र सखी कृति नपढे पनि बाआमालाई एकपटक पढिदिन आग्रहसमेत गरिन् ।
वरिष्ठ साहित्यकार दधिराज सुवेदी, वडा नम्बर ११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, आयोजक संस्थाका अध्यक्ष प्राज्ञ विवश पोखरेल, सचिव मीनकुमार नवोदित, कवि एवं पत्रकार शिवराज योगी, कवि इन्द्रप्रसाद खतिवडालगायतले कृति र कृतिकारका विषयमा धारणा राखेका थिए । सो अवसरमा आयोजकका तर्फबाट जोशीलाई दोसल्ला ओढाएर सम्मानसमेत गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्