१३ बैशाख २०८१, बिहिबार

विराटनगरको जैन भवनमा भेटिएका अपाङ्गता भएका ब्यक्ति रोजगारीको आशा

रोजगार मेला

संवाददाता

विराटनगर । मोरङको मिक्लाजुङबाट आएका मनोरथ भट्टराई शुक्रबार दिउँसो विराटनगरमा रहेको जैन भवनको एउटा कुर्सीमा बसीरहेको अबस्थामा भेटिए । उनी जैन भवनको धेरैवटा स्टल मध्ये कम्युटर लिएर बसेका दुई कर्मचारीको छेउमै बसेर आफ्ना क्रन्दन सुनाउँदै थिए ।
अपाङ्गता भएका भट्टराईलाई विराटनगरसम्म आउन निक्कै सकस थियो । तरपनि रोजगारी पाईहालिन्छ की भन्ने लागेर आएको उनी बताउँथे । उनले त्यस स्टलमा रहेका दुई स्वयम्सेवी कर्मचारीलाई आफु कम्प्युटर चलाउन सक्ने भएको कारण रोजागारी पाईन्छकी भनेर आएको सुनाउँदै थिए । उनी कम्प्युटर चलाउने तालिम लिएको कारण कसैले रोजगारी दिन्छ की भन्ने खोजीमा यहाँ आएको बताउँथे ।
यहाँ रोजगारीको खोजी गर्दै आउनेमा भट्टराई एक्ला थिएनन् । उनी जस्ता धेरै अपांगता भएका ब्यक्तिहरु रोजगारीको खोजीमा विराटनगरको जैन भवनमा पुगेका थिए । पहिलो पटक विराटनगरमा आयोजना भएको अपांगता समावेशी रोजगार मेला २०२२ मा रोजगारी खोज्दै आउनेमा सबै अपांगता भएका ब्यक्ति र उनीहरुको परिवार थियो ।
शुक्रबारदेखि शुरु भएको अपांगता समावेशी रोजगार मेलामा रोजगारी खोज्दै आउनेहरु मध्येका इटहरीका मानबहादुर भुजेल पनि हुन् । सामाजिक संघ संस्थामा काम पाईन्छ की भनेर आएका उनी ह्वील चियरमा थिए । अपांगता भएका ब्यक्तिहरुको लागि रोजगार मेला आयोजना गरिएको भन्ने सुनेर आएका भुजेलले धेरै स्टलहरुमा पुगेर आफ्ना ईच्छा सुनाए । अपांगता भएका ब्यक्तिहरुलाई स्वरोजगार बनाउने र रोजगारदातासँग भेट गराउने उदेश्यले मेला लागेको भन्ने थाहा पाएर आएको भुजेलले बताए । कम्मरभन्दा तलको भाग नचल्ने जन्मजात पोलियो भएका भुजेल सकेसम्म सामाजिक क्षेत्रमा नै काम गर्न चाहेको बताउँछन् ।
धनकुटाबाट आएका विक्रम घिमिरे अपांगता भएका ब्यक्तिहरुको लागि जागिरकोलागि अबसरको वातावरण वनेकोमा खुसी देखिन्थे । कामखोज्दै धेरै ठाउँ धाउँदा पनि नपाएपछि त्यसै भौतारिएका अपांगता भएका ब्यक्तिहरुलाई आफ्नो सीप, क्षमता र शैक्षिक योग्यताको आधारमा मेलामा रोजगार दाताले उनीहरुसँग अन्तरवार्ता लिने र उपयुक्त लागेको अबस्थामा त्यहीँबाट उनीहरुलाई रोजगारीको लागि बोलाउने गरिएको उद्योग वाणिज्य महासंघ प्रदेश १ का वष्ठि उपाध्यक्ष राजेन्द्र राउतले जानकारी दिए । शुक्रबार र शनिवार दुई दिनसम्मको लागि शुरु भएको अपांगता समावेशी रोजगार मेलामा १३४ स्टलहरु राखिएका छन् ।
होटल, पर्यटन, शिक्षा, अस्पताल, सामाजिक संघ संस्था, मिडिया, ग्राफिक्स डिजाईन, बैँक तथा वित्तीय क्षेत्र, उद्योग र उत्पादनसँग जोडिएका ९ वटा क्षेत्रका करिब ३ सय जनालाई रोजगारी उपलब्ध गराउने गरि मेलाको आयोजना गरिएको राष्ट्रिय अपाङ्ग महासंघले जनाएको छ। गुगल फर्मको आधारमा ७ सय जनाले आवेदन दिएकोमा ति मध्ये प्राप्त भएको बायोडाटाका आधारमा छनौट भएका ३ सय जना मेलामा आएर आफ्नो विवरण सहित अन्तरवार्ता दिने गरेका छन् । उद्योग वाणिज्य महासंघ प्रदेश १, अपाङ्ग महासंघ, करुणा फाउण्डेशन सहित करिब आधा दर्जन संघ संस्थाको आयोजनामा अपाङ्गता समावेशी मेलाको आयोजना भएको हो । मेलालाई प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गरेका थिए ।    

यहाँ कमेन्ट गर्नुहोस्