१७ माघ २०७९, मंगलबार

मोटरसाईकल चोरी गर्ने ३ जना पक्राउ

संवाददाता

विराटनगर । मोटरसाईकल चरीमा संलग्न रहेको आरोपमा मोरङ प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका वडा नं.–९ स्थित ठाकुरबाडी रोडबाट प्रदेश नं.–०१–०२–०४२ प ३७७७ नम्बरको मोटरसाईकल चोरी गर्ने तीनजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
पक्राउ पर्नेमा मोरङको धनपालथान गाउँपालिका ७ बस्ने २१ बर्षीय रविन राजबंशी, बुढिगंगा गाउँपालिका ७ का बर्ष २५ को पन्चदेव खवास र विराटनगर महानगरपालिका १९ बस्ने बर्ष २१ को विकेश खवास छन् । उनीरुलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा चोरीको मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका ब्यक्तिहरु उपर थप अनुसन्धान गर्न जिल्ला अदालत मोरङबाट ५ दिनको म्याद थप भएको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्