०४ बैशाख २०८१, मंगलबार

एमाले नेता कार्की भन्छन्, ‘प्रदेश बलियो बनाउन कांग्रेसलाई पनि सरकारमा ल्याउनु पर्छ’

संवाददाता

विराटनगर । प्रदेश १ मा सरकार बनाउने नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुबैले दाबी गरेका छन् । १३ जना प्रदेश सभा सदस्य बोकेर हिँडेको नेकपा माओवादी केन्द्रले प्रदेश नं. १ मा मुख्यमन्त्री आफुले पाउनु पर्ने दावी गर्दै आएका छ । नेकपा एमाले प्रदेश १ मा सबैभन्दा ठुलो दल भएको कारण मुख्यमन्त्री आफुले पाउनेमा ढुक्क रहेको जनाउँदै आएको छ । नेकपा एमालेको प्रदेश १ मा ४० जना सांसद रहेका छन् । प्रदेश १ सभाको पहिलो प्रदेश सभा बैठक पछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश १ मा नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, जसपा र एकिकृत समाजवादी मिलेर सरकार बन्ने दाबी गरे । उनले प्रदेशलाई बलियो बनाउने हो भने नेपाली कांग्रेस सहित मिलेर सरकार बनाएर जानु पर्ने कार्कीको भनाई छ । सबै भन्दा ठुला दलको नेताको हैसियतले एमालेले प्रदेश सरकारको नेतृत्व लिने र नेपाली कांग्रेस पनि प्रदेश सरकारमा समाबेश गराउने बारेमा पनि छलफल गरिने कार्कीले बताए ।
नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले यस अघिको सरकारको नेतृत्व एमालेलाई स्वीकार गरेर गएकोले अबको सरकारको नेतृत्व माओवादी केन्द्रले पाउनु पर्ने बताए । गष्ठबन्धनको माथिको निर्णय स्वीकार गरेर जाने बताएका आङ्बोले प्रदेश १ मा यस अघि एमालेलाई माओवादीले सघाएर गएकोले अब माओवादीलाई एमालेले सरकारको नेतृत्व दिएर जानु पर्ने उनको भनाई छ।

यहाँ कमेन्ट गर्नुहोस्