०८ बैशाख २०८१, शनिबार

विराटनगरको रघुपति जुट मिल्स ७५ औँ बर्षमा

Click Biratnagar

रघुपति जुट मिल्समा क्षारोपण

विराटनगर । विराटनगरमा एउटा ईतिहास बनाएको रघुपति जुट मिल्सले ७५ बर्ष पुरा गरेको छ। आजभन्दा ७५ वर्ष अगाडी वि.सं. २००३ साल भाद्र ७ गते विराटनगरको रानी मिल्स एरियामा स्थापित रघुपति जुट मिल्सले आफ्नो स्थापना दिलि. नेपाल कै एतिहासिक जुट उद्योग रहेको छ । यो उद्योग नेपाल सरकारको निजीकरण कार्यक्रम अन्तर्गत २०५३ साल भादौबाट गोल्छा अर्गनाइजेशनबाट संचालित छ । हाल यो उद्योगमा करिव तीन हजार कामदारले प्रत्यक्ष रोजगारी पाएका छन् भने अप्रत्यक्ष रुपमा यो उद्योगले लाखौको जीवनयापन र आर्थिक सामाजिक समृद्धिका योगदान दिएको उद्योगका संचालक राजकुमार गोल्छाले जानकारी दिए ।
७५ वर्षसम्म निरन्तर संचालनमा रहने नेपालको यो एकमात्र उद्योग हो । उद्योगले ७५ बर्ष पुरा गरेको सन्दर्भमा उद्योगले एक बर्षसम्म हिरक महोत्सव मनाउने भएको छ। बार्षिक रुपमा एक बर्षसम्म हिरक महोत्सव मनाउन शुरु भएको गोल्छाले बताए । प्रारम्भ भएको हिरक महोत्सवको शुभारम्भ वृक्षारोपणबाट गरिएको छ। उद्योग परिषरमा वृक्षारोपणमा उद्योग संगठन मोरङ, व्यापार संघ मोरङ, स्थानिय तहका जनप्रतिनीधि, उद्योगका मजदुर, कर्मचारी, ट्रेडयूनियनहरुको सहभागिता थियो । ७५ वर्ष पुगेको उपलक्ष्यमा विविध फरक फरक प्रजातिका ७५ विरुवा रोपिएको छ । उद्योगका संचालक गोल्छाले उद्योगको विगत, वर्तमान र भविष्यको संक्षिप्त जानकारी गराएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्