१५ बैशाख २०८१, शनिबार

प्रदेश १ सरकारको पहिलो निर्णय, मन्त्रालयको संरचना संख्या ९ वटा बनाउने

संवाददाता

विराटनगर । प्रदेश १ सरकारको पहिलो मन्त्री परिषद बैठकले अहिले रहेको १३ वटा मन्त्रालयको संख्या घटाएर ९ वटामा झार्ने निर्णय गरेको छ। आज साँझ मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको बैठकले मन्त्रालय घटाउने लगायतका बिभिन्न निर्णय गरेको हो ।
अहिले प्रदेश मा १३ वटा मन्त्रालय रहेका छन् । मन्त्रालय र मन्त्री धेर भएको भन्दै आलोचना भइरहँदा नव निर्वाचित मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रालयको संख्या घटाएर मितव्यी प्रदेश सरकार बनाउने बताएका थिए । बैठकले प्रदेश १ को प्रशासनिक सुधारको नीति लिईने निर्णय गरेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ। त्यस्तै शीत लहरबाट जनतालाई जोगाउने, सेवा प्रवाह सुधारमा प्रमुख सचिवको नेतृत्वमा सुधार समिति बनाउने पनि निर्णय गरेको छ ।
विनाविभागीय मन्त्री भक्ति सिटौलाका अनुसार शित लहरबाट हुने क्षती कम गर्न सबै खालका उपायहरु अबलम्बन गरिने निर्णय भएको छ। सेवा प्रवाह र विस्तारका बारेमा २१ दिन भित्र प्रतिबेदन पेश गर्नेगरि मुख्य सचिवको नेतृत्वमा समिति बनाईएको सिटौलाले बताए । स्थानीय तहको सेवा शर्त र सुबिधालाई शैद्धान्तिक स्वीकृती प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रालयको संरचना जन ईच्छा अनुसार नभएकोले संख्या घटाउन आबश्यक प्रक्रिया अघि बढाउने निर्णय भएको मन्त्री सिटौलाले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्