०८ बैशाख २०८१, शनिबार

विराटनगर जेसीजको ५० औं पदस्थापना तथा पुरस्कार बितरण

संवाददाता

विराटनगर । विराटनगर जेसीजको ५० औं पदस्थापना तथा पुरस्कार बितरण कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ। निर्वाचन प्रक्रियाबाट सन् २०२३ का लागि अविनास थापा अध्यक्ष रहेको समितिले पदभार ग्रहण गरेको हो । वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा तुलसी निरौला, कार्यकारिणी उपाध्यक्षमा सुभाष भण्डारी र रन्जन कुमार शाही छन् । तालिम निर्देशकमा शिव शंकर मण्डल, उपाध्यक्षमा पप्पु अन्सारी, प्रशान्त घिमिरे, सृजना थापा, निरज ढकाल र जनसम्पर्क अधिकारीमा अमित कर्ण निर्वाचित भएका थिए । निर्वाचित पदाधिकारीहरुको पदस्थापन गरिएको कार्यकारिणी उपाध्यक्ष सुभाष भण्डारीले जानकारी दिए । बर्ष २०२२ का अध्यक्ष देवचन्द्र घिमिरेले निर्वाचित अध्यक्ष अभिनास थापालाइ सपथ गराए त्यस्तै निर्वाचित अध्यक्ष थापाले आफ्नो बोर्ड तथा मनोनित पदाधिकारीलाई सपथ गराएका थिए । नियुक्त हुनेहरुमा महासचिवमा अमित कर्ण, कानुनी सल्लाहकारमा विकास रौनियार, कोषाध्यक्षमा कबिराज दाहाल र सह सचिवमा प्रतिक्षा न्यौपाने मनोनित हुँदै १५ सदस्यीय बोर्डले पुर्णता पाएको छ ।
त्यस्तै अन्य विभिन्न समितीहरु समेत गठन गरिएको छ। जुनियर जेसीज कोअर्डिनेटर रमेश अधिकारी, तालिम स्कुल संयोजक प्रबेश दुलाल, शाखा सम्पादक प्रितेशराज दाहाल, थिम डाइरेक्टर अभिषेक भट्टराई छन् । स्टार्टअप सयोजक अभिषेक गौतम, आर्थिक वृद्धि सयोजक राजन नेपाल, सदस्य वृद्धि सयोजक पंकज सापकोटा, मातृशाखा समन्वय सयोजक अंकित थापा, मिलाप कर्ण सुचना प्रबिधीको संयोजकमा चुनिएका छन् । एरिया ए कन्फरेन्स सचिवालय सदस्य राजन पराजुली, महिला शसक्तिकरण संयोजक दिपा साह, अन्तर शाखा समन्वय सयोजक आर के मण्डल, खेलकुद सयोजक मुकेश यादब रहेका छन ।
कार्यक्रममा बर्षभरी उत्कृष्ट कार्य सम्पादन गर्ने सदस्यहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ। विराटनगर जेसिजका सस्थापक अध्यक्ष राजेन्द्र बहादुर श्रेष्ठको सम्झनामा उनीप्रति समर्पित भिडियो प्रदर्शन गरिएको छ । सोही अवसरमा राष्ट्रिय एकता दिवसको अवसरमा पृथ्वी नारायण शाहको सम्झनामा निर्माण गरिएको दृश्य चित्र प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा बिराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले युवाहरुको सस्था सग सहकार्य गर्दै अघि बढ्न आफू तयार रहेको बताए । त्यस्तै नेपाल जेसिजका पुर्व अध्यक्ष फुलकुमार लालवानीले ५० बर्षको इतिहास पूरा गर्न सफल बिराटनगर जेसिजले आगामी राम्रा कामहरु गर्न सुझाए । कार्यक्रममा पुर्व अध्यक्ष श्यामसुन्दर पौडेल, नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष बिकास मानन्धरले बिराटनगर जेसिज पुरानो शाखा मध्ये एक भएकाले यसको गौरब रहेको उल्लेख गरे ।

यहाँ कमेन्ट गर्नुहोस्