१२ बैशाख २०८१, बुधबार

प्रदेश १ को उपसभामुखमा दुईजनाको मनोनयन दर्ता

संवाददाता

विराटनगर । प्रदेश १ को उपसभामुखमा दुईजनाको उम्मेदवारी परेको छ। प्रदेश १ सभा सचिवालयले सार्बजनिक गरेको निर्वाचन तालिका अनुसार निर्धारित समयमा २ जनाको उम्मेदवारी परेको हो । उपसभामुखकोलागि उदयपुरकी सिर्जना दनुवार र लिलादेवी राईको उम्मेदवारी परेको प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए । दनुवार नेकपा एमालेबाट उम्मेदवार भएकी हुन् भने राई नेपाली कांग्रेसबाट उम्मेदवार भएकी हुन् । उपसभामुखको उम्मेदवारको प्रस्ताव शुक्रबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म प्रदेशसभा सचिवालयमा दर्ता गराउन समय दिएको थियो । उम्मेदवारको प्रस्ताव उपर दाबी विरोध त्यही दिन साँझ ५ बजेदेखि ५ः४५ बजेसम्म, उम्मेदवारी फिर्ता लिन साँझ ६ बजेदेखि ७ बजेसम्म र उपसभामुख उम्मेदवारको अन्तिम नामावली साँझ ७ बजे प्रकाशित गरिएको थियो । दलीय भागबन्डामा सत्तारूढ दलमध्ये प्रदेश १ को सभामुख माओवादीले पाएकोले उपसभामुख एमालेको भागमा परेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्