०८ बैशाख २०८१, शनिबार

ब्राउनसुगर सहित चार जना पक्राउ

संवाददाता

विराटनगर । झापाका दुई छुट्टाछुट्टै स्थानमा लागुऔषध ब्राउनसुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सबै झापाका छन् । मेचीनगर नगरपालिका–८ का ३६ बर्षीय आसिर खाँ, बुद्धशान्ति गाउँपालिका–३ का २४ बर्षीय अजय तामाङ, १९ बर्षीय संदेश राई र २० बर्षीय सन्तोष राजवंशी पक्राउ परेका छन् । घरमा नै लागुऔषध भण्डारण गरी लागुऔषधको बेचबिखन गर्ने गरेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले खाँलाई ३० ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको थियो । खाँको साथबाट प्रहरीले नगद २५ हजार र २ थान मोवायल समेत बरामद गरेको छ । यसैगरी ईलाका प्रहरी कार्यालय बुधवारेबाट खटिएको प्रहरी टोलीले बुधवारेबाट चारआली तर्फ जाँदै गरेको प्रदेश १–०१–००२ ह ३५६ नम्बरको अटो चेकजाँच गर्दा अटोमा लुकाई छिपाई ल्याउदै गरेको लागुऔषध ब्राउनसुगर ५ ग्राम ११० मिलिग्राम मरामद गरेको हो । तामाङ, राई र राजवंशीलाई बुधवारेबाट प्रहरीले पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्