०६ बैशाख २०८१, बिहिबार

पत्रकार घिमिरेलाई नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार

संवाददाता

विराटनगर । वरिष्ठ पत्रकार युवराज घिमिरे ‘नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार–२०७९’ बाट सम्मानित भएका छन् ।
कोइरालाको १५ औं स्मृति दिवसको अवसरमा विराटनगरमा आयोजित एक कार्यक्रममा नोना कोइराला प्रतिष्ठानका संरक्षकसमेत रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले घिमिरेलाई पुरस्कार वितरण गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले नोना आमाकै कारण आफू राजनीतिमा लागेको बताए । पुरस्कार ग्रहणपछि पत्रकार घिमिरेले नेतृ नोना कोइरालाको नाममा स्थापना भएको पुरस्कारबाट सम्मानित हुँदा आफू साँच्चै सम्मानित भएको महसुस गरेको बताए ।
कार्यक्रममा नोना कोइराला प्रतिष्ठानका संरक्षक एवं नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले घिमिरेलाई सो पुरस्कार प्रदान गरे । कार्यक्रममा नेता गुरुराज घिमिरे, प्रदेशसभा सदस्य केदार कार्की, विराटनगर महानगरका मेयर नागेश कोइराला, नेता हसन अन्सारीलगायतले नोना कोइरालाको राजनैतिक, धार्मिक, सामाजिक व्यक्तित्वलगायतका विभिन्न विषय आ–आफ्ना विचार राखेका थिए । यसअघि सो पुरस्कार ईकागजका प्रधान सम्पादक हरि थापालाई प्रदान गरिएको थियो । नेपाली महिला मुक्ति आन्दोलनकी योद्धा कांग्रेस नेतृ कोइरालाको २०६३ माघ १४ गते निधन भएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्