१३ बैशाख २०८१, बिहिबार

कोशी एक्स्पोको अन्तिम तयारी, ब्यवसायी भन्छन् ‘अर्थतन्त्रलाई चलायमान गराउने प्रयास’

संवाददाता

विराटनगर । नेपाल उद्योग परिसंघले विराटनगरमा पहिलो पटक कोशी एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ। विराटनगरमा माघ १९ देखि २८ गतेसम्म हुने कोशी एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको हो । विराटनगरमा पत्रकार सम्मेलन गरि नेपाल उद्योग परिसंघ (सीएनआई)ले एक्स्पो तयारीको बारेमा जानकारी गराएको हो । सिएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले आर्थिक क्षेत्रमा चौतर्फी मन्दी छाएको अवस्थामा अर्थतन्त्रलाई चलायमान बनाउन एक्स्पोको आयोजना गर्न लागिएको बताए ।
घिमिरेले डिप्रेसनमा पुगेको निजी क्षेत्रलाई एक्स्पोको आयोजनाले राहत पुग्ने जिकिर गरे । ‘हामी निजी क्षेत्र झण्डै डिप्रेसनमा पुग्दै थियौं, उनले भने, युवाहरुको नेतृत्वमा आयोजना गरिएको एक्स्पोले ठूलो राहत हुनेछ ।’
एक्स्पोमा अत्याधुनिक ह्याङ्गर (डोम)हरु जडान कार्य सकिन लागेको जनाइएको छ । एक्स्पोलाई नेपाल सरकार र प्रदेश सरकार अन्तरगत मन्त्रालय र निकायहरुले प्रवद्र्धन गरेकोले यसले प्रदेश १ को अबस्थालाई झल्काउने उल्लेख गरे । करिब तीन करोडको लगानीमा एक्स्पोको अन्तिम तयारी भइरहेको जनाइएको छ । एक्स्पोमा उद्योग, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, मिल तथा मेशिनरी औजार, अटो, सेवा क्षेत्र, उपभोग्य वस्तुका चार सय स्टलहरु रहने कोशी एक्स्पो संयोजक राजेन्द्र राठीले बताए । पर्यटन प्रवद्र्धन, छिमेकी मुलुकका प्रविधिहरु भित्र्याउने, भारतको जोगबनी, बथनाहा, फारवीसगञ्ज, अररिया, रानीगञ्ज, वीरपुर, भीमनगर र सिलिगुडीमा समेत प्रचार प्रसार तीब्र पारिएको सह संयोजक गिरिजा सारडाले बताईन् । सारडाका अनुसार भारतका ती क्षेत्रबाट करीव ५० हजारले एक्स्पो अवलोकन गर्नेछन् । एक्स्पो अवधिभर साढे ३ लाख बढीले अवलोकन गर्ने अनुमान गरिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्