१२ बैशाख २०८१, बुधबार

विराटनगरका सिटीरिक्सा चालकलाई सडकमै प्रशिक्षण

संवाददाता

विराटनगर । ट्राफिक प्रहरीसँगको सहकार्यमा महानगर प्रहरीले ट्राफिक व्यवस्थापनलाई तीव्रता दिएको छ ।
बजार क्षेत्रका विभिन्न सडकलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरेको महानगरले सिटीरिक्सालाई व्यवस्थित गर्ने अभियान पनि सञ्चालन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङसँगको सहकार्यमा महानगर प्रहरीले सिटीरिक्सा चालकलाई सडकमै ट्राफिक नियम र लेन अनुशासनका विषयमा जानकारी गराएको छ । महानगरका विभिन्न सडकमा सिटीरिक्सा चालकलाई रोकेर ट्राफिक लेनका बारेमा जानकारी गराएको हो । सो क्रममा महानगर प्रहरीका निरीक्षक राजन पौडेल र ट्राफिक प्रहरीका वरिष्ठ नायव निरीक्षक यज्ञ शर्माले ट्राफिक नियम, पार्किङ, लेन अनुशासनलगायतका विषयमा जानकारी गराए ।

यहाँ कमेन्ट गर्नुहोस्