०८ बैशाख २०८१, शनिबार

सुनसरीको महेन्द्रनगरबाट एक भारतीय नागरिक ब्राउन सुगर सहित पक्राउ

संवाददाता

सुनसरी । सुनसरीबाट प्रहरीले ब्राउनसुगर सहित एकजनालाई पक्राउ गरेको छ । बराहक्षेत्र नगरपालिका ८ शुक्रवारेबाट लागूऔषध ब्राउन सुगर सहित भारत सुपौल थाना बिरपुर बनेलीपट्टी ३ का २५ बर्षीय रुद्रनारायण कुमार यादवलाई पक्राउ गरेको हो । गत ६ गते ब्राउन सुगर सहित पक्राउ परेका मानिसहरुले दिएको सुचनाको आधारमा यादवलाई ब्राउन सुगर ५२ ग्राम र उनले प्रयोग गरेको भारतिय नम्बर प्लेटको मोटरसाईकल सहित पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

पक्राउ परेका यादवबाट सोधपुछ गर्दा पुरुषोतम मेहताको घरमा थप ब्राउन सुगर लुकाई राखेको छ भनि खुलाई दिए पश्चात प्रहरी गई मेहताको घरमा खानतलासी लिदा थप १७ ग्राम ब्राउन सुगर बरामद भएको जनाएको छ । पक्राउ परेका यादवलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्