१५ चैत्र २०८०, बिहिबार

विराटनगरमा ‘एभरेष्ट कार्निभल हुने

संवाददाता

विराटनगर । विराटनगरमा रहेको एभरेष्ट एजुकेशन फाउण्डेसनले ‘एभरेष्ट कार्निभल २०७९’ गर्ने भएको छ। ‘उत्कृष्टता नवप्रर्वदन र विकासतर्फको यात्रा’ नाराका साथ पहिलो पटक ‘एभरेष्ट कार्निभल’को आयोजना गर्न लागेको हो । विराटनगरमा रहेको एभरेष्ट कलेजमा पत्रकार सम्मेलनको आयोजना गरि फाउण्डेसनका संस्थापक तथा प्रिन्सिपल टिकाराम पुरीले माघ २७ –२९ गतेसम्म कलेज परिसरमा एभरेष्ट कार्निभलको आयोजना हुने जानकारी दिए । कार्निभलमा विद्यार्थीहरुद्वारा तयार पारिएका ५० भन्दा बढी विज्ञान, गणीत तथा व्यवस्थापन विषयसँग सम्बन्धित परियोजनाहरु प्रर्दशनीमा राखिने उनले बताए । ‘कलेज परिसरमा १८ वटा स्टलहरु राखिनेछन्, पुरीले भने, ति स्टलहरुमा विभिन्न अन्वेषणात्मक परियोजनाहरुको प्रर्दशनी, कला प्रदर्शनी, मिनि म्युजियम, पुस्तक प्रदर्शनी, विद्यार्थीहरुद्वारा सञ्चालित खानाका स्टलहरु, फेस पेन्टिङ स्टल, एभरेष्ट एचिभमेन्ट ग्यालरी राखिने छ ।‘ नोवल अस्पतालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर समेत रहने उनको भनाई छ । कार्निभलको दौरान विद्यार्थीहरुले नृत्य, गायन तथा अन्य साँस्कृतिक कार्यक्रमले भरपुर मनोरञ्जन प्रदान गरिने जनाईएको छ। २९ गते विद्यार्थीहरुको सांगितिक प्रस्तुतिसँगै ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरु कालिप्रसाद बाँस्कोटा, अस्मिता अधिकारी र अञ्जु गौतमको सांगितिक कन्र्सट गर्ने समेत पुरीले जानकारी दिए । करिब ३० लाख रुपैयाँको लागत लाग्ने अनुमान गरेको एभरेष्ट कार्निभललाई विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, बुद्धिजीवि र शिक्षा क्षेत्रसँग जोडिने करिब २५ हजार जनाले अवलोकन गर्ने अनुमान फाउण्डेसनको छ ।

यहाँ कमेन्ट गर्नुहोस्