१४ बैशाख २०८१, शुक्रबार

प्रदेश १ मा ‘म सक्छु.’ अभियान शुरु

संवाददाता

विराटनगर । प्रदेश १ मा ‘म सक्छु..’ अभियान शुरु भएको छ। प्रदेश प्रहरी कार्यालय बिराटनगरले लागुऔषध न्युनिकरण कार्य योजना ‘म सक्छु..’ अभियान २०७९ सुरु गरेको हो । अभियानको शुरुवातीसँगै आजै देखि विराटनगरबाट यो अभियान शुरु भएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ। बिराटनगर महानगरपालिका–१६ मा रहेको लागुऔषध क्यानको भवनमा करिव ५० जना लागुऔषध प्रयोगकर्ताहरुलाई भेला जम्मा गरी मनो सामाजिक परामर्श दिईएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र रानीको सहकार्यमा संचालन भएको उक्त कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरीक्षक सुनिल दाहाल, इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नाल लगायतले लागुऔषध प्रयोगकर्ताहरुलाई मनो सामाजिक परामर्श प्रदान गरे । यो अभियान १ नम्बर प्रदेशका १४ वटै जिल्लाहरुमा संचालन गरिने प्रदेश प्रहरी प्रमुख डिआईजी श्याम ज्ञावालीले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्