०४ बैशाख २०८१, मंगलबार

श्रोत नखुलेको ९ लाख २० हजार सहित एक जना पक्राउ

संवाददाता

मोरङमा श्रोत नखुलेको रकम सहित एकजनालाई प्रहरीले पक्राउ गरेकोछ । विशेष सूचनाको आधारमा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा १० सोमबारेबाट प्रहरीले एकजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १५ बस्ने वर्ष ४२ को रंजित कुमार साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएकोछ ।
जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले सवारी साधन चेकजाँच क्रममा भारतीय मोटरसाईकल बिआर ३८ एन ४९३० नम्बरको चोकजाँच गर्दा उनको साथबाट ९ लाख २० हजार रकम बरामद गरेको प्रहरीले जनाएकोछ । उक्त रकमलाई प्रहरीले श्रोत नखुलेको भनेको छ । एटिएम कार्ड २ थान र मोटरसाईकल समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । पक्राउ परेका ब्यक्तिलाई आवश्यक कार्वाहीको लागि राजश्व अनुसान्धान कार्यालय इटहरी सुनसरी पठाईएको उनले जानकारी दिए।

यहाँ कमेन्ट गर्नुहोस्