१५ बैशाख २०८१, शनिबार

सीएनआई कोसी एक्स्पोमा शुक्रबार समिर श्रेष्ठको प्रस्तुति रहने

संवाददाता

विराटनगर । विराटनगर–२ शंकरपुर मार्गमा जारी ऐतिहाँसिक सीएनआई कोसी एक्स्पोको शुक्रबार सातौं दिनको साँझ समिर श्रेष्ठको सांगीतिक प्रस्तुति रहने छ ।
‘लाइफस्टाइल’ पप मेलोडीमा नाम कमाएका श्रेष्ठका गीतका शब्द युवा पुस्ताको मनसम्मै पुग्ने खालका हुन्छन् । त्यसको उदाहरण पछिल्लो उदाहरणका रुपमा एक दिन अघिमात्रै रिलिज भएको उनको ‘मायालु सुन न’ बोलको गीत हो ।
यो गीत यूट्युवमा टप टेनभित्र ट्रेण्डिङ रहेको छ । उक्त गीत १७ लाख बढिले हेरिसकेका छन् । तीन महिना अघि उनले ल्याएको ‘हेर न’ बोलको गीत अहिलेसम्म ९३ लाख पटक हेरिसकिएको छ ।
उनका ‘कुरि बसेछु, मेरो मनमा, चार दिवार, मनका कुरा, आज किन, माया त माया हो, कुराकानी’ लगायतका गीत चर्चित छन् ।
शुक्रबार साँझका लागि स्थानीय ‘शुभम् एण्ड द ब्याण्ड’ ले पनि प्रस्तुति दिने जनाइएको छ । एक्स्पोमा सा“झ ६ः३० बजेसम्म टिकट काट्दा टिकट दर १०० रुपैयाँमात्रै कायम गरिएको छ । कक्षा ९ मुनिका विद्यार्थीले भने ५० रुपैयाँमै टिकट पाउने छन् ।

 

यहाँ कमेन्ट गर्नुहोस्