१५ बैशाख २०८१, शनिबार

मोरङ सुनसरी औद्योगिक क्षेत्रका २० जना पिएलसीलाई दक्षता अभिबृद्धि तालिम

संवाददाता

विराटनगर । विराटनगरमा २४ दिने पिएलसी अटोमेशन तालिम शुरु भएको छ। उद्योग संगठन मोरङको आयोजना र इन्स्योर परियोजनाको सहयोगमा मोरङ सुनसरी अँैद्यागिक क्षेत्रका उद्योगमा कार्यरत पि.एल.सि. अटोमेशनमा कार्यरत पेशाकर्मीहरुको सीप अभिवृद्धिका २४ दिने तालिम शरु भएको हो । विभिन्न उद्योग प्रतिष्ठानमा कार्यरत २० जना सहायक स्तरका पि.एल.सी सेक्सनमा कार्यरत कर्मचारीहरुको ज्ञान र सीप अभिवृद्धिका लागि तालिमको आयोजना गरिएको उद्योग संगठन मोरङले जनाएको छ । दैनिक तीन घण्टा संचालन हुने तालिमले सहायक स्तरका कर्मचारीहरुको कार्यसम्पादन क्षमतामा सुधार ल्याई दक्षता अभिवृद्धि हुने आयोजकको दाबी छ ।
तालिम अवधिमा सहभागिहरुलाई स्वचालन परिचय, यसका पार्टहरु, परिक्ष्ँण उपकरण, समस्या निवारण, उर्जाको समूचित व्यवस्थापन पद्धती, नया मेशिनको स्थापना र सुरक्षा संयन्त्र, उत्पादकत्व अभिवृद्ध लगायतका विषयमा सैद्धान्तिक र प्रयोगात्मक कक्षा संचालन हुने संगठनका अध्यक्ष सुयेश प्याकुरेलले जानकारी दिए ।
उद्योग संगठन मोरङले उद्योगले प्रतिष्ठानहरुलाई आवश्यक प्राविधिक जनशक्ति उपलब्ध गराउन संचालनमा ल्याएको सीप विकास एकाई स्थापनाको समन्वयमा तालिम संचालन गरिएको हो । सो ईकाईको समन्वयमा आगामी दिनमा वर्कस फरदर ट्रेनिङ अन्तर्गत लेथ र वोईलर सम्वन्धी तालिम संचालन गरिने संगठनले जनाएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्