०४ बैशाख २०८१, मंगलबार

एमालेका प्रदेश १ इन्चार्ज गौतमले सम्हाले कार्यभार

संवाददाता

विराटनगर

नेकपा एमालेका स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले प्रदेश नम्बर १ को इन्चार्जको कार्यभार सम्हालेका छन् । बिहीबार विराटनगरस्थित पार्टी कार्यालयमा एमालेका नेताहरुको उपस्थितिमा गौतमले कार्यभार सम्हालेका हुन् ।  यसअघि प्रदेश इन्चार्ज रहेका देवराज घिमिरे सभामुख भएपछि उक्त पद रिक्त भएको थियो । रिक्त रहेको प्रदेश इन्चार्जमा नेकपा एमालेको कार्यालयको बैठकले गौतमलाई इन्चार्जको जिम्मेवारी तोकेको थियो ।
उनले इन्चार्जको जिम्मेवारी लिए लगत्तै शुक्रबारबाट प्रदेश १ मा मिसन ग्रासरुट अभियान सुरु हुने कार्यक्रम छ । एमालेको केन्द्रले ग्रासरुट अभियान फाल्गुन ५ गतेबाट सुरु गर्ने निर्णय गरेको छ ।  ग्रासरुट कार्यक्रमका लागि एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सचिव टोपबहादुर रायमाझी बिहीबार नै विराटनगर आएका छन् । शुक्रबारनै प्रदेश कमिटीको बैठक बस्दैछ ।

यहाँ कमेन्ट गर्नुहोस्