१४ बैशाख २०८१, शुक्रबार

बिराटनगरको रानीबाट लागूऔषध सहित एक जना पक्राउ

संवाददाता

विराटनगर । विराटनगरको रानीबाट प्रहरीले एकजनालाई आगुऔषध सहित पक्राउ गरेको छ। बिराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाँटबाट लागूऔषध सहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरी धरान ६ का २० बर्षीय निखिल राय रहेको प्रहरीले जनाएको छ। लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध लुपिजेसिक १५ एम्पुल, डाईजाल्याब १५ एम्पुल, एभिल १४ एम्पुल र फेनारगन १५ एम्पुल सहित पक्राउ गरेको हो । पक्राउ परेका रायलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्