१४ बैशाख २०८१, शुक्रबार

`तपाईं शिक्षक अनुशासनकाे पालना गर्नुस्, तपाईहरूबाट भाईबहिनीले धेरै कुरा सिकुन्´

संवाददाता

विराटनगर । विराटनगरमा रहेकाे पाेखरिया माध्यामिक विद्यालयले जन प्रतिनिधिलाई सम्मान गरेकाे छ । प्रतिनिधि सभाका सदस्य तथा सामान्य प्रशासन मन्त्री अमनलाल माेदी, प्रदेश सभासस्य शिला दिक्षित कार्की, विराटनगर महानगरपालिकाका मेयर नागेश काेईराला र उपमेयर शिल्पा निराला कार्कीलाई सम्मान गरेकाे हाे । बधाई तथा सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री माेदीले सरकारी विद्यालयमा भएको लगानी अनुसारकाे उपलब्धि नदेखिएको बताए । कतिपय सामुदायिक विद्यालयमा शिक्षकले नपढाउने, विद्यार्थी नियमित विद्यालय नजाने खालकाे अबस्था रहेकाे, शिक्षाको अबस्था कमजाेर रहेकाे भन्ने गरिएकोले सबै विद्यालयले पाेखरिया विद्यालय जस्तै अब्बल बनाएर जानू पर्ने बताए । `अंग्रेजी माध्यममा पढ्ने विद्यार्थी पैसा तिरेर पढ्नु पर्ने रहेकाेले आफ्नाे परिवारकाे दु:ख सम्झेर पढ्न विद्यार्थीलाई आग्रह गर्छु,उनले भने, पहिला तपाईं शिक्षक अनुशासनकाे पालना गर्नुस्, तपाईहरूबाट भाईबहिनीले धेरै कुरा सिकुन् ।´

सरकारीकाम कहिले जाला घाम भनेर सरकारी विद्यालयलाई नलिन आग्रह गरेका मन्त्री माेदीले बालबालिकाकाे भविष्य शिक्षककाे हातमा रहेकाेले अनुशासनमा रहेर काम गर्न आग्रह गरे । विराटनगर महानगर पालिकाका मेयर काईरालाले जमाना डिजिटलाईज भईसकेकाे अबस्थामा नेपालकाे शिक्षा प्रणाली ट्रेडिसनल अबस्थामा रहेकाे बताए । कम्युटर शिक्षा अहिलेकाे आबश्यकता रहेकाे उल्लेख गरे । विद्यार्थी पढाइ भन्दा बाहिर रमाउन सक्ने अबस्था नरहेकाले ब्यवहारिक ज्ञान विद्यार्थीकाे रूचिकाे आधारमा पठनपाठन हुनु पर्नेमा जाेड दिए । `अहिलेकाे अाबश्यकता भाेकेस्नल तालिम पनि दिईनु पर्छ, उनले भने, काेर्षकाे पढाइ बाहेक सीपमुलक तालिम पाएका विद्यार्थीले नेपालमै राेजगारी पाउने वातावरण बन्छ ।´ उनले निर्वाचित भएको ८ महिना पछि सम्मान गरेकाेमा धन्यवाद दिए । विद्यालयकाे अध्यक्ष कृष्ण गाैतम र प्रधानाध्यापक खेमराज भट्टराईले विद्यालयकाे भाैतिक पूर्वाधार सुधारमा ध्यान दिन आग्रह गरे । विद्यालय शिक्षा प्रदान गर्नमा राम्राे हुँदैगर्दा भाैतिक संरचनाको अभावमा समस्या झेल्दै आएकाे छ ।

यहाँ कमेन्ट गर्नुहोस्