१३ बैशाख २०८१, बिहिबार

विराटनगरका नगर प्रहरीलाई इलेक्ट्रिक साइकल, प्रहरीको सक्रियता बढाउने

संवाददाता

विराटनर । विराटनगर महानगरपालिकाले नगर प्रहरीको कामलाई थप प्रभावकारी बनाउन नगरप्रहरीलाई इलेक्ट्रिक साइकल अभियान शुरु गरेको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने अभियानमा लागेको महानगरले नगर प्रहरीको कामलाई थप प्रभावकारी बनाउन इलेक्ट्रिक साइकल गस्ती अभियान शुरु गरेको हो ।
महानगर परिसरमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले महानगर प्रहरीका प्रमुख राजन पौडेलसहित नगर प्रहरीलाई इलेक्ट्रिक साइकल उपलब्ध गराएका हुन्।
विभिन्न वडाका वडाध्यक्षसमेतको उपस्थितिमा नगर प्रहरीलाई इलेक्ट्रिक साइकल वितरण गरिएको हो । सो अवसरमा मेयर कोइरालाले महानगर प्रहरीलाई थप स्रोत साधनयुक्त बनाउने योजनाअनुसार इलेक्ट्रिक साइकल वितरण गरिएको बताउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्