०८ बैशाख २०८१, शनिबार

अनेम संघ धनकुटाको अध्यक्षमा तितुङ निर्वाचित

संवाददाता

विराटनगर । अखिल नेपाल महिला संघ धनकुटाको अध्यक्षमा तारा तितुङ (तामाङ) निर्वाचित भएकी छिन् । धनकुटामा सम्पन्न सातौँ जिल्ला सम्मेलनबाट तितुङको अध्यक्षतामा ४६ सदस्य जिल्ला समिति निर्वाचित भएको हो । उपाध्यक्षमा निर्मला इवाहाङ र रेखा चेम्जोङ निर्वाचित भए । त्यस्तै सचिव सावित्रा राई, सहसचिव गोमा कार्की र कोषाध्यक्ष सीता थापा पराजुली सर्बसम्मत निर्वाचित भएका हुन् । जिल्ला सम्मेलनबाट ३ मनोनित सदस्य सहित ४६ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको नेकपा एमाले जिल्ला पार्टी उपसचिव तथा जनसंगठन विभाग प्रमुख शिव आङलाले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्