१६ चैत्र २०८०, शुक्रबार

राष्ट्रपति निर्वाचन : कोशी प्रदेशमा सकियो ८ दलको अभिमुखिकरण

संवाददाता

विराटनगर । नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा जिवताउन कोशी प्रदेशमा बसेको गठबन्धनको सांसदहरुको भेला सम्पन्न भएको छ। नेपाली कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनले कोशी प्रदेशका सांसदहरुको भेला आयोजना गरेको थियो । राष्ट्रपतिमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई जिताउन आठ दलीय गठबन्धनका सांसदहरुलाई अभिमुखिकरण दिईएको थियो ।
अभिमुखीकरण कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेकपा एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य महेश रेग्मी लगायतका नेताहरु सहभागी थिए । राष्ट्रपतिकालागि आगामी फाल्गुन २५ गते निर्वाचन हुँदैछ । राष्ट्रपतिको निर्वाचनमा ८ दलको तर्फबाट पौडेल उम्मेदवार छन् । एमालेको तर्फबाट सुवासचन्द्र नेम्बाङलाई उम्मेदवार बनाएको छ । राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् ।

यहाँ कमेन्ट गर्नुहोस्