२७ बैशाख २०८१, बिहिबार

विराटनगरमा महानगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता शुरु

संवाददाता

विराटनगर । विराटनगरम हानगरपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता शुरु भएको छ। विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाको संयोजन र पोखरीया माध्यामिक बिद्यालयको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता शुरु भएको हो । विराटनगर महानगरपालिकामा रहेका कक्षा ६–८सम्मका ३६ बिद्यालयहरु मध्ये २८ वटा विद्यालयले सहभागीता जनाएका छन् ।
आयोजक पोखरीया माध्यामिक बिद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले विद्यार्थीलाई प्रतिस्पर्धी बनाउन तथा बाहिरी ज्ञानहरुको बारेमा सिकाई अभिबृद्धिको लागि प्रतियोगिगता आयोजना गरिएको बताए ।
सामाजिक विकास मन्त्रालयका योजना तथा शैक्षिक महाशाखा प्रमुख कृष्ण पोखरेलले विद्यार्थीको सिकाई मापनको एउटा खुड्कीलो हाजिरी जवाफ भएको बताए । आजदेखि नै विद्यार्थीलाई कितावी ज्ञान भन्दा बाहिरी ज्ञानको बारेमा अभ्यस्त बनाउँदै जाने हो भने भोली लोकसेवामा प्रतिस्पर्धी बन्नकालागि पनि सहज हुने पोखरेलको भनाई छ । ‘अहिले देखि नै बाहिरी ज्ञान हाँसिल गरेका विद्यार्थीहरुलाई भोलीका दिनमा सरकारी सेवा प्रवेशमा पनि सहज हुनसक्छ, उनले भने, त्यो भन्दापनि विद्यार्थीहरु बिचमा पनि सिकाई आदान प्रदानसँगै प्रतिस्र्धी भावनाको विकास गर्नै हाजिरी जवाफ प्रतियोगिताले भुमिका खेल्नेछ ।’
प्रतियोगितामा कक्षा ६ देखि ८ सम्मका २८ विद्यालय प्रतियोगितामा रहभागी भएका छन् । आजदेखि शुरु भएको प्रतियोगिगता दुई दिनसम्म संचालन हुने आयोजकले जनाएको छ । २८ विद्यालयलाई चार समुहमा विभाजन गरिएको छ, एउटा समुहमा सात विद्यालयहरु सहभागी भएका छन् । प्रथम हुने विद्यालयले १५ हजार नगवद सहित मेडल र सिल्ड प्िराप्त गर्ने छ भने, दोश्रो हुनेले १२ हजार, तेश्रो हुनेले ९ हजार र चतुर्थ हुने विद्यालयले ६ हजार नगद सहित सिल्ड र मेडल प्राप्त गर्ने पोखरीया माबिका प्रधानाध्यापक भट्टराईले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्