१२ बैशाख २०८१, बुधबार

मोटरसाईकलको ठक्करबाट गर्भवतीको मृत्यु

संवाददाता

विराटनगर । झापामा मोटरसाईकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ। मोटरसाइकलको ठक्करबाट झापामा एक गर्भवती महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका– ९ की २३ बर्षीया दीक्षा प्रसाईँ ९चम्लागाई० रहेको प्रहरी कार्यालय झापाले जनाएको छ।
चारआली–केचना सडकको लक्ष्मी चोकमा बुधवार राति बा २७ प ६४२२ नम्बरको मोटरसाइकलले पैदलयात्री महिलालाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गर्भवती दीक्षाको टाउको, दुवै हात र घुँडामा चोट लागेको प्रहरीले जनाएको छ। गम्भीर अबस्थामा अस्पताल लगिएकी महिलाको लाइफलाइन अस्पताल दमकमा मृत्यु भएको प्रहरीले जजनाएको छ।
मोटरसाईकल चालक मेचीनगर नगरपालिका–१३ निवासी ३६ वर्षीय मनप्रसाद तिवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्