०८ बैशाख २०८१, शनिबार

विराटनगर र भारतको नरपथग्राम क्रिकेट क्लब क्वाटरफाइनलमा

संवाददाता

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा वाइआरसीसी विराटनगर र भारतको नरपथग्राम क्रिकेट क्लब क्वाटरफाइनलमा पुगेको छ ।
विराटनगरको जुट मिलमा शुक्रबार भएको पहिलो खेलमा वाइआरसीसी विराटनगरले सुनसरी ११ क्रिकेट क्लबलाई ८ विकेटले निराश बनाउँदै विराटनगर क्वाटरफाइनलमा पुगेको हो । टस जितरेर ब्याटिङ रोजेको सुनसरीले निर्धारित २० ओभरमा १० विकेट गुमाइ १०२ रन बनाएका थिए । जसमा सुनसरीका गौरव कटुवालले ३० रन बनाए । रविनले मण्डलले १७ रनको योगदान दिए । भुपाल लुईटलेल १३ रन बनाए । बलिङतर्फ वाइआरसीसी विराटनगरका हेमन्त धामीले, कमल खत्री र सवर्ण यादवले २–२ विकेट लिए ।
१०३ रनको बिजय लक्ष्य पछ्याएको विराटनगरले १० ओभरमा २ विकेट गुमाइ सो लक्ष्य भेट्टयाएको थियो । जसमा विराटनगरका मुकेश शर्माले ४३ रनको योगदान दिए । दिलिप नाथले ३७ रन बनाए । दिपक पासवनले १७ रनको योगदान दिए ।
बलिङतर्फ सुनसरीका संजिव तिम्सिना र प्रकाश कार्कीले १–१ विकेट लिए । म्यान अफ द म्याच वाइआरसीसी विराटनगर मुकेश शर्मा घोषित भए ।
सोही दिन भएको दोस्रो खेलमा भारतको पूर्णियालाई ९ विकेटले हराउँदै नरपथग्राम क्रिकेट क्लब क्वाटर फाइनलमा पुगेको छ ।
निर्धारित २० ओभरमा ९ विकेट गुमाइ पुर्णियाले १७० रन बनाएको थियो । जसमा पुर्णिायाका भास्कर दुधेले ७६ रन बनाए । मनकुमारले ३३ रनको योगदान दिए । शिखर सिंहले १८ रन बनाए ।
बलिङ्गतर्फ नरपथग्रामका रबनाकुमारले ३ विकेट, साहिन कुमारले २ विकेट लिए । १७१ रनको विजय लक्ष्य पछ्याएको नगरपथग्रामले ७ ओभरमा १ विकेट गुमइ सो विजय लक्ष्य भेटेका थिए । नगरपथ ग्रामका अभिषेक पाठकले उत्कृष्ट ब्याटिङ गरे । २७ बलमा १ सय १० रन शतक ईङनिल खेलेर बनाएर उनी अविजित रहे । उनले १४ छक्का, ६ चौका प्रहार गरेका थिए । भानु आन्नदले २३ रन बनाए । उनले सन २०१४ मा आइपिएल खेलाडी पनि हुन् । पुलिस कुमारले १६ रन बनाए । म्यान अफ द म्याच अभिषेक पाठक घोषित भए ।

यहाँ कमेन्ट गर्नुहोस्