०७ बैशाख २०८१, शुक्रबार

मिल्स क्रिकेट प्रतियोगिता, एनबीएससी क्रिकेट क्लब फाइनलमा

संवाददाता

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा एनबीएससी क्रिकेट क्लब विराटनगर फाइनलमा पुगेको छ । वाइआरसीसी विराटनगरलाई ६३ रनले निराश बनाउँदै एनबीएससी उपाधि नजिक पुगेको हो ।
वाइआरसीसीले उपाधिको लागि बिहीबार अन्तिम सेमिफाइनल खेल घरेलु टिम मिल्स क्रिकेट क्लब र एनसीसी नरपथगन्ज बिहारबिचको बिजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

विराटनगर जुट मिलको खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा एनबीएससीले दिएको १९८ रनको लक्ष्य पछ्याएको वाइआरसिसीले १८.३ बलमा १० विकेट गुमाइ १३५ रनमा सिमित भयो । जसमा वाइआरसिसीका श्रवण यादव र दिलिप नाथले समान २४–२४ रन बनाए । हेमन्त धामीले १६ रनको योगदान दिए ।

बलिङमा एनबीएससीका विधान गोस्वामीले सर्वाधिक ४ विकेट लिए । उनी खेलको म्यान अफ द म्याच पनि घोषित भए । प्रशान्त कुमारले २ विकेट र रन्जित कुमारले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको एनबीएससीले निर्धातिर २० ओभरमा ७ विकेट गुमाइ १९७ रनको बनाएका थिए । एनबीएससीका कुमार रनिसले ३५ रन, रंजित कुमारले ३४ रन बनाए । युसुप नधिमले ३० रनको योगदान दिए ।
बलिङमा वाइआरसीसीका श्रवण यादव, रिहान खान र हेमन्त धामीले समान २–२ विकेट लिए ।

यहाँ कमेन्ट गर्नुहोस्