१४ बैशाख २०८१, शुक्रबार

एक घण्टामा दलको बैठकदेखि मुख्यमन्त्रीको सपथसम्म

संवाददाता

नव नियुक्त मुख्यमन्त्री भीमप्रसाद आचार्यलाई पद हस्तान्तरण गर्दै निवर्तमान मुख्यमन्त्री शेरधन राई ।

विराटनगर । नेकपा एमाले बिभाजनको असर प्रदेश १ मा देखिएको छ। २०७४ माघ २६ गते प्रदेश १ को मुख्यमन्त्री बन्ने अबसर पाएको शेरधन राईको नेतृत्वको सरकार ढलेर नयाँ सरकार बनेको छ। नयाँ सरकारको नेतृत्व भीम आचार्यले गरेका छन् । उनी मुख्यमन्त्रीमा नियुक्त भएर सपथ लिएपछि अन्य मन्त्रीको टुंगो लागेको छैन ।
बिहान ११ बजे संसदीय दलको कार्यालयमा बोलाईएको भनिएको एमाले संंसदीय दलको बैठक होटल एएसियाटिकमा बसेको थियो । करिब १० मिनेट बसेको बैठकमा दलको नेताको हैसियतमा शेरधन राईले दलको नेताबाट राजिनामा दिएका थिए । राजीनामा दिए लगत्तै टोली दलको कार्यालयको पत्र बोकेर प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीको कार्यालयमा पुगेको थियो ।
मुख्यमन्त्रीको दाबी सहित प्रदेश प्रमुखको कार्यालयमा पुगेका भीमप्रसाद आचार्य सहितका नेताहरुले आफ्नो दलको नेतालाई मुख्यमन्त्री बनाउने प्रस्ताव गरे अनी केही समय लगत्तै मुख्यमन्त्रीको रुपमा आचार्यले सपथ लिए । आचार्यले मुख्यमन्त्रीको सपगथ लिँदासम्म अन्य तीनजना मन्त्री बनाउने तयारी देखिन्थ्यो । मन्त्री को को बन्ने होलान् भनेर मानिसहरु आन्तरिक छलफलमा देखिएपनि पछि त्यो बिषय त्यसै सेलायो । मुख्यमन्त्रीले सपथ लिए अनी कुनै मन्त्री नियुक्त भएनन् ।
मुख्यमन्त्रीले सपथ लिएपछि प्रतिक्रिया दिँदै भने, ‘चाँडै मन्त्रीमण्डल बिस्तार गछौँ ।’ आचार्यले मन्त्री मण्डल कहिले बिस्तार हुने भन्ने बारेमा कुनै मिति नभने पनि यसको अन्योलता एमालेबाट फुटेर गएको नेकपा (एकिकृत समाजवादी)को सांसदलाई आफ्नो पार्टीमा ल्याउनेसँग जोडिएको छ । नेकपा एमाले भित्रका सांसद कति टिकाउने भन्नेसँगपनि जोडिएको नेताहरुले बताएका छन् ।
हतारमा सपथ
नेकपा एमालेको संसदीय दलको बैठक बसेको करिब १ घण्टाको बिचमा मुख्यमन्त्रीमा आचार्यले सपथ लिनुलाई कतिपयले अनौठो मानेका छन् । अहिलेसम्म सत्ता छाड्न नचाहेका शेरधन राई एकाएक कसरी दलको नेताबाट राजीनामा दिन तयार भए भन्नेसँग पनि जोडिएको छ। आचार्य बिहानसम्म काठमाडौँमा नै थिए । उनी बिहानै बिराटनगर आएका हुन् । कसरी हुन्छ एमालेकै सरकार बनाउनु पर्ने पक्षमा सांसदहरु देखिन्थे । एमाले छाड्न नचाहनेहरुको जनमत धेरै रहेपछि बहुमत पु¥याउन सक्ने आँट सहित मुख्यमन्त्रीमा आचार्य आएको एक सांसदले बताए ।
एमाले बिभाजीत भएर गएको नेकपा समाजवादीले दल दर्ताको प्रमाणपत्र प्राप्त गरेसँगै प्रदेश १ को प्रमुख हेरफेर गर्न सक्ने छनक पाएको एमालेले प्रदेश प्रमुख फेरिन भन्दा पहिला नै मुख्यमन्त्रीमा आफ्नो दलका नेतालाई नियूक्त गर्ने मनसायबाट हतारमा आजको गतिबिधि भएको एक सांसदले बताए । ‘आज भोली नै प्रदेश प्रमुख फेरिने हल्ला आयो, ती सांसदले मकालुखबरसँग भने, तत्कालै हामीले गर्नु पर्ने कामहरु सकेर सरकार गठन गरौँ भन्ने भयो र हतारमै सबै कामहरु भए ।’ पार्टी फुटेर नयाँ दर्ता भएपछि नयाँ पार्टीमा लाग्नका लागि २१ दिनको समय सिमा रहेकोले पनि त्यसलाई टार्नको लागि नयाँ सरकार हतारमा बनाएको भनिन्छ । ३० दिन भित्र बिस्वासको मत लिनु पर्ने भएकोले २१ दिनसम्म दल छान्न पाउने र त्यसको १० दिन आफ्नो बहुमत संख्या पुर्याउनको लागि समय हुने सत्तापक्ष सांसदको भनाई छ ।
नेकपा एमाले बिभाजन भएसँगै अब कतिजना सांसद एमाले भित्र रहने भन्नेले नेकपा एमालेको सरकार टिक्ने या नटिक्के भन्ने स्पष्ट हुन्छ । प्रदेश सभामा देखिएको ५१ जना मध्ये आजसम्ममा नेकपा (एकिकृत समाजवादी) मा जाने सांसदको संख्या ७ जनाको हाराहारीमा देखिएको छ। राजेन्द्र राई, राजन राई, गणेश काम्बाङ, सुनिता चौधरी, साबित्रा रेग्मी, कृष्णकुमारी राई र पदमकुमारी गुरुङ देखिएका छन् । यो संख्यालाई आधार मान्दा मात्र पनि अहिलेको आचार्य नेतृत्वको सरकारले बहुमत पाउने देखिन्न्न । अहिले नै यसै भन्न सक्ने अबस्था नभएकोले आफ्नै पार्टी भित्रका सांंसदको बहुमत पुग्नेमा आचार्य आशावादी देखिएका छन् । आचार्यले आफ्नो पार्टीबाट बहुमत पुग्ने अबस्था नआए लोकतन्त्रवादीहरु एकठाउँमा उभिने बताए ।

यहाँ कमेन्ट गर्नुहोस्