१४ बैशाख २०८१, शुक्रबार

विराटनगरमा माइती नेपालको ३१ औ वार्षिक उत्सव

संवाददाता

विराटनगर । माइती नेपालले आफ्नो ३१औं वार्षिक उत्सव विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ। विराटनगरमा रहेको माइती नेपालको कार्यालयले संस्थाले गठन गरेका समुहहरुसँग छलफल गरेकोछ । विराटनगर महानगरपालिका वडा १३, १५ र १६ को संजाल समुहसँग कार्ययोजना वैठक कार्यक्रम गरिएको माइती नेपाल विराटनगरका कार्याक्रम संयोजक विनोद पोखरेलले जानकारी दिए । छलफलमा समुह सञ्जालका २५ जनाको सहभागीता रहेको थियो । सञ्जालको वडा नम्बर १५ की संयोजक दिपा पौड्याल, वडा नम्बर १६ की कमला सुब्वा र वडा नम्बर १३ की संयोजक कुन्तिदेवी यादवले अहिले सीमा निगरानीलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । लामो समयदेखि समुह मार्फत हरेलु हिंसा निवारण, किशोरीका समस्या र समाधानका बारेमा छलफल र पैरवी हुँदै आएकोमा थप प्रभावकारी बनाउन समुह सञ्जाललाई सक्रिय बनाउने उनीहरुको प्रतिवद्धता रहेको छ ।
संजालका संयोजकहरुले आ–आफ्नो वडा, टोलको कुनैपनि हिंसाको घटना निवारण तथा हिंसामा परेका महिलाको वारेमा समस्या भए तत्काल माइती नेपाल तथा नेपाल प्रहरीलाई खबर गर्ने गरिएको समेत बताए । हिंसा निवारणमा जन प्रतिनिधिहरुको भुमिका वढी हुने वडा नम्बर १५ की संयोजक दिपा पौड्यालले बताईन् ।
आगामी दिनहरुमा माइती नेपालले संजाललाई अझ सवल वनाउन, विभिन्न कानुनी, वेचविखन विरुद्धका तालिमहरु, वडा स्तरमा संजालले विभिन्न आवश्यकता अनुसारको सचेतना तालिमहरु राख्ने बारेमा छलफल भएको माइती नेपालका संयोजक पोखरेलले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्