२० बैशाख २०८१, बिहिबार

विराटनगरको एस्पायर कलेजको नव बर्ष बिशेष कार्यक्रम

संवाददाता

विराटनगर । विराटनगर १४ मा रहेको एस्पायर कलेजमा नवबर्ष २०८० सालको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । शुभकामना आदान प्रदान कार्याक्रममा विद्यार्थीले आफ्नो प्रतिभा समेत प्रस्तुत गरे । सुगन्ध रेग्मी लगायतको ब्यान्डले उत्कृष्ट गायन प्रस्तुत गरेको थियो । कार्यक्रममा अर्बिन्द नायकले गीतको माध्यामबाट सबैलाई मनोरन्जन दिए । सन्तोष नेम्वाङको कविता, अस्मित खवास , विभिन्न पौडेल र आशिष तिवारीको समुहले गायन प्रस्तुत गरेका थिए । गौरब दाहालको कविता,स्वेता हास्दाको नृत्य, लिजा खतिवडा , सीता ढकाल, मिरा परियार, शितल तामाङको समुहले सास्कृतिक नृत्य तामाङ सेलोको प्रस्तुतिले कार्यक्रममा रौनकता थपेको थियो । सुलभ निरौला र रेबिसा राणाको संचालनमा भएको कार्यक्रममा क्याम्पसका बिभिन्न विभागीय प्रमुखहरुले शुभकामना दिएका थिए । कलेजका ब्याचलर इन टेक्निकल एजुकेशन (आइ टि ) तर्फका को –अर्डिनेटर खेमनाथ खतिवडा, होटल म्यानेजमेन्टका कोअर्डिनेटर शुभम भट्टराई, क्याम्पस प्रमुख चिन्तामणि बस्नेतले बिद्यार्थीहरुले आफ्ना मौलिक चाडहरुलाई जगेर्ना गर्न आफै अघि बढ्नु पर्ने बताए । मौलिक नयाँ बर्षले सकारात्मक सोच र उर्जाले नयाँ बर्ष मा नयाँ योजनाका साथ अघि बढ्नेमा आफुहरु विस्वस्त रहेको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्