२१ बैशाख २०८१, शुक्रबार

एस्पायर कलेजमा विद्यार्थीको ४ जिपिए सहित शत प्रतिशत उपलब्धि 

Click Biratnagar

विराटनगर । विराटनगर १४ मा रहेको  एस्पायर कलेज विराटनगरले सञ्चालन गरेको  ब्याचलर इन टेक्निकल एजुकेसन (आइ टी)मा अध्ययनरत विद्यार्थीले ४ जिपिए सहित सत् प्रतिशत नतिजा ल्याउन सफल भएको छ ।  काठमाडौँ विश्वविद्यालयले असारमा लिएको   पहिलो वर्षको प्रथम सेमेस्टरको  परीक्षाको नतिजा अनुसार ४ जिपिए सहित शतप्रतिशत नतिजा ल्याउन सफल भएको कलेजका प्रमुख सिएम बस्नेतले जानकारी दिए ।
परीक्षा भएको एक महिना नबित्दै नतिजा आउनु पनि विद्यार्थीलाई थप हौसला मिलेको बस्नेतले बताए ।  प्रथम सेमेस्टरको परीक्षाको नतिजाले एक खुड्किलो पार गरेको मात्रै हो र बाँकी सेमेस्टरमा पनि अझ उत्कृष्ट नतिजाका लागि तयार हुनु पर्नेमा उनले जोड दिए ।
कलेजका अनुसार,  तुसार गणेश , कृतिज्ञा  कटवाल , सुशान्त नेपाल , दीक्षा राई र गौरव दाहालले ४ जिपिए प्राप्त गर्न सफल भएका छन भने ८ जना विद्यार्थीले ३.९ भन्दा बढी जिपिए ल्याएको र बाकीले ३.२४ भन्दा माथि जिपिए ल्याए ।
कलेजमा विद्यार्थी मैत्री सिकाइ वातावरण भएका कारण छोटो समयमा राम्रो उपलब्धि पाउन सकिएको विद्यार्थीले बताएका छन् । कलेजका को-अर्डिनेटर इन्जिनियर खेमनाथ खतिवडाले काठमाडौँ विश्वविद्यालयको उत्कृष्ट शिक्षण विधि तथा विद्यार्थीहरूको सामूहिक तथा व्यक्तिगत मेहनतका कारण कलेजले सफलता प्राप्त गर्दै गएको बताए ।
काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालित एस्पायर कलेजमा होटल म्यानेजमेन्ट र ब्याचलर इन टेक्निकल एजुकेसन (आइ टी) मा यस वर्षका लागि समेत भर्ना प्रक्रिया सुरु गरिएको छ । उत्कृष्ट सिकाइ उपलब्धि हासिल गर्नका लागि विद्यार्थी भर्ना प्रक्रियामा सामेल हुन सक्ने क्याम्पस प्रशासनले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्