१६ बैशाख २०८१, आइतबार

विश्वासको मत पछि मात्र मन्त्री परिषद विस्तार गर्ने मुख्यमन्त्री थापाको तयारी

संवाददाता

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने तयारी थालेका छन् । थापाले विश्वासको मत लिने बारेमा गठबन्धन दलहरुबीच सहमति कायम गरी चाँडै वर्तमान सरकारले विश्वासको मत लिने बताएका छन् । कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री गयानन्द मण्डल गनगाईको शपथपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै भदौ १ गतेदेखि प्रदेश सभाको बैठक सुरु हुने भएकोले त्यही विचमा विश्वासको मत लिने बताए ।
मुख्य मन्त्री थापाले विश्वासको मतपछि मात्र मन्त्री परिषद विस्तार हुने बताए । विगतको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट सदनमा रोकिएमा प्रतिपक्षसँग सहमति कायम गरी पास गराउने बताए । उनले यसैगरी प्रदेश निजामती ऐनलाई यसै सदनबाट पास गर्ने पनि उल्लेख गरे।
पहिचानवादीसँग वार्ताका लागि सरकारले चाँडै वार्ता टोली गठन गरी संवाद प्रारम्भ गरिने जानकारी दिँदै मुख्यमन्त्री थापाले वार्ताकै माध्यमबाट निस्केको निष्कर्षको परिणामलाई सार्थक बनाइने प्रष्ट पारे ।

यहाँ कमेन्ट गर्नुहोस्