१५ बैशाख २०८१, शनिबार

समाजवादी मोर्चाले विराटनगरमा भदौ २५ गते कार्यक्रम गर्ने

संवाददाता

विराटनगर ।  चार पार्टी मिलेर बनेको समाजवादी मोर्चाले भदौ २५ गते विराटनगरमा संयुक्त कार्यक्रम गर्ने भएको छ।  विराटनगरस्थित माओवादी केन्द्रको प्रदेश कार्यालयमा  बसेको संयुक्त बैठकले कार्यक्रम गर्ने निर्णय गरेको हो । विराटनगरको बरगाछीमा रहेको होटल मनास्लुमा कार्यक्रम गर्ने निर्णय गरेको जसपाका कोशी प्रदेश अध्यक्ष दिपक याक्खाले जानकारी दिए ।
जसपाका अध्यक्ष याक्खाको अध्यक्षतामा बसेको बैठकमा माओवादी केन्द्र प्रदेश सचिव गणेश उप्रेती, केन्द्रीय सदस्य सुशिला घिमिरे (सामना), नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य महेश रेग्मी, मोरङ अध्यक्ष चन्द्रवीर राई, प्रदेश समिति सदस्य वीरेन्द्र यादव, जसपाको प्रदेश अध्यक्ष याक्खा, नेता जयराम यादव, नेकपा विप्लवका पोलिटब्युरो सदस्य तथा कोशी ब्युरो इन्चार्ज दिपेश सी, केन्द्रीय सदस्य पुष्प सी, संगीत सी लगायतको उपस्थिति थियो । बैठकले कार्यक्रममा सहभागिता, हल तथा मञ्च व्यवस्थापन, आर्थिक व्यवस्थापन तथा स्वयंसेवक परिचालनको विषयमा पनि निर्णय गरेको छ ।
कार्यक्रममा ३ हजार बढी सहभागिता गराउने, जसपाका नेता राजकुमार यादवको नेतृत्वमा मञ्च व्यवस्थापन गरिने, जसपाकै प्रदेश अध्यक्ष याक्खाको नेतृत्वमा आर्थिक समिति निर्माण गर्नुको साथै कार्यक्रमलाई व्यवस्थित गर्न युवा तथा विद्यार्थी मोर्चा सम्मिलित समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्