१५ बैशाख २०८१, शनिबार

विराटनगरस्थित मोडन एरामा कविता प्रतियोगिता,उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान 

Click Biratnagar

विराटनगर । विराटनगरस्थित मोर्डन–एरा इङ्लिस स्कुलले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले मी कन्टेष्ट–२०८० सञ्चालन गरेको छ ।
मी कन्टेष्टअन्तर्गत नाटक, कविता, हिज्जे र हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयले शनिवार नाटक मञ्चनसँगै कविता प्रतियोगिता सम्पन्न गरेको हो । झोरा हाट नाट्य घरमा आयोजित कार्यक्रममा मोबाइल प्रयोगले विद्यार्थीमा पारेको असरका विषयमा ‘आधा सत्य’ नाटक मञ्चन गरिएको थियो । सोही अवसरमा आयोजित कविता प्रतियोगितामा अभिनव दाहाल, जिज्ञासा काफ्ले, रोजन पाण्डे र सम्भवी कोइराला उत्कृष्ट घोषित भए । कवि एवं पत्रकार मीनकुमार नवोदित र गोविन्द निरौलाको निर्णायक समितिले पुरस्कृत विद्यार्थीहरूको नाम घोषणा गरेको थियो । २ देखि ५ र ६ देखि ९ कक्षा गरी दुई समूहमा विभाजित गरेर नेपाली र अंग्रेजी भाषामा २४ जना विद्यार्थीले आ–आफ्ना कविता प्रस्तुत गरेका थिए । विभिन्न दुई चरण पार गरेर अन्तिम फाइनलका लागि २४ जना विद्यार्थी छनौट भएका थिए । २४ जनाबाट उत्कृष्ट चारजना छनौट गरिएको हो ।
त्यसैगरी हिज्जे प्रतियोगितातर्फ प्रियान्सु यादव, रिदिशा थापा, सेसिका काफ्ले र प्रकृति अधिकारी पुरस्कृत भएका छन् । साहित्यकारसमेत रहनुभएका नेपाल प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदितको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हाजिरी जवाफ प्रतियोगितातर्फ विजयी हुने रिदम घिमिरे, आवास खड्का, विज्ञान पौडेल र सजक अधिकारीलाई पुरस्कृत गरिएको थियो । सबै पुरस्कृतहरुलाई प्रमुख अतिथि नवोदित, विद्यालय सञ्चालक समितिका अध्यक्ष गोविन्द निरौला, प्रिन्सिपल इन्द्र राईलगायतले ट्रफी, प्रमाणपत्र र पुरस्कार प्रदान गर्नुभएको थियो । त्यसैगरी कार्यक्रम संयोजकहरु उमा कार्की, आस्मा उपाध्यक्ष, रक्षा गौतम, गीता अग्रवाल, पुरुषोत्तम आचार्यलगायतलाई मायाको चिनो दिएर सम्मान गरिएको थियो । विद्यार्थीलाई पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउन विद्यालयले विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्दै आएको प्रिन्सिपल राईले बताउनुभयो ।

 

यहाँ कमेन्ट गर्नुहोस्