१५ बैशाख २०८१, शनिबार

भोजपुरमा श्रीमतीको हत्या गरि श्रीमानले गरे आत्महत्या

संवाददाता

विराटनगर । भोजपुरमा एक ब्यक्तिले श्रीमतीको हत्या पछी आफैले गरे आत्महत्या गरेका छन् । भोजपुरको षडानन्द नगरपालिका –९ तालखर्क का ४० बर्षीय बुद्दीमान राईले आफ्नै श्रीमतीको हत्या गरि आफुले पनि झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएकोछ।
गएराती १ बजे राईले आफ्नै श्रीमती २८ बर्षीया ईन्द्रकला राईलाई धारिलो हतियार खुकुरीले ढाडमा प्रहार गरी हत्यागरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। श्रीमतीको हत्या गरेका राईले आफू घरबाट करिब ४० मिटर टाढा रहेको दुधिलोको रुखमा झुण्डिएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घटनास्थलमा आफ्नै आमालाई खुकुरी प्रहार गरेको देखेर उनिहरुकै ८ बर्षीय छोराले स्थानियलाई खबर गर्न गएका थिए । घटनाको बारेमा जानकारी पाऊन साथ स्थानिय हेर्न जाँदा ईन्द्रकला राईको मृत्यु भई सकेको फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले हत्यामा संलग्न राईलाई खोजी गर्दा झुन्डिएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय साङपाङ र ईलाका प्रहरी कार्यालय तिवारीभंज्याङबाट गएको प्रहरीले अनुसन्धान गरिरहेको जनाएकोछ।

यहाँ कमेन्ट गर्नुहोस्